वालिङका महिला आलु खेतीमा ब्यस्त ,कसरी लगाउदा राम्रो उत्पादन हुन्छ ? – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • वालिङका महिला आलु खेतीमा ब्यस्त ,कसरी लगाउदा राम्रो उत्पादन हुन्छ ?

वालिङका महिला आलु खेतीमा ब्यस्त ,कसरी लगाउदा राम्रो उत्पादन हुन्छ ?

वालिङका महिला आलु खेतीमा ब्यस्त ,कसरी लगाउदा राम्रो उत्पादन हुन्छ ?

वालिङ ८, मंसिर ।
वालिङका दलित महिलाहरुले सामूहिकरुपमा आलु खेतीको सुरुआत गरेका छन् । वालिङ ९ का दलित महिलाहरुले सामूहिकरुपमा वडा १० बामलेटारमा आलु खेती थालेका हुन् ।वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९युएनडिपी० को आर्थिक सहयोग तथा दियालो संस्थाको ब्यवस्थापनमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना’ अन्तर्गत सामूहिक आलु खेती गरिएको हो ।चालीस दलित समुदायका महिलाहरु मिलेर स्थापना गरेको आँधीखोला आलु उत्पादक सहकारी संस्थामार्फत पाँच रोपनी जग्गा भाडामा लिएर सामूहिक आलु खेती गरेको संस्थाका अध्यक्ष सुनिता विश्वकर्माले बताउनुभयो । (आदर्श समाज )

कसरी लगाउदा राम्रो हुन्छ त ?
आलु हिउदेवाली भएको हुनाले चिसो तथा मध्यम सापेक्षिक आर्दता भएको हावापानीमा खेति गर्न उपयुक्त हुन्छ । यसलाई नेपालको समतल भूमि १०० मिटर देखि उच्च पहाडि भाग ४४०० मिटर सम्म खेतिगर्न सकिने भएकाले भिन्न भिन्न क्षेत्रमा भिन्न भिन्न समयमा लगाइने गरिन्छ । तराई तथा भित्रि मघेशमा असोज(कर्तिकमा लगाउने गरिन्छ भने मध्य पहाडमा माघ(फाल्गुनमा,उच्च पहडमा फाल्गुन (चैत्रमा र हिमाली क्षेत्रमा बैशाख (जेठमा लगनउने गरिन्छ ।आलु जमिनमुनि फल्ने भएकाले अत्याधिक वर्षा सहन सक्दैन । आलु उम्रन, विकस हुन र दाना लाग्न भिन्न भिन्न तापक्रमको आवश्यक्ता पर्दछ । आलु उर्मन माटोको तापक्रम कम्तिमा ८ डि.से चाहिन्छ । बोटको बिकासको लागि ३० डि.से देखि ३५ डि.से उपयुक्त हुन्छ । आलुको दाना लाग्न र विकास हुन रातिको तापक्रम १५ डि।से। देखि २२ डि.से उपयुक्त हुन्छ ।आलुखेति बलौटे माटो देखि साह्रो चिम्टाइलो माटोमा गर्न सकिने भएतापनि राम्रो उत्पादनका लागि प्रशस्त प्रांगरिक पर्दाथयुक्त बलौटे दोमट माटो राम्रो हुन्छ। यस्तो माटोमा पानिको राम्रो निकास हुन्छ, बोट छिटो उम्रिन्छ, जराको विकाश राम्रो हुन्छ । साह्रोपना र लेसिलो माटोले पानी लामो समयसम्म समाएर राख्छ जस्का कारण बोट ढिला उम्रिन्छ, जराको विकाशमा अवरोध पुग्छ र बोट ख्याउटे हुन्छ । आलुखेतिको लागी ६ देखि ७५ पि. एच उपयुक्त मानिन्छ । आलुखेति गर्दा वाली चक्र अपनाउन जरुरी छ किनभने एउटै जमिनमा लगातार आलुवाली र खालुका परिवारका अन्य वाली जस्तै गोलभेडा , भेण्टा, खुर्सानी आदि लगाउदा रोग, किरा र झारपातले बढि दु ख दिन्छ । त्यसैले धान तथा कोशेवाली वाली चक्रको रुपमा प्रयोग गर्नु पर्दछ ।विउ छनोट गर्दा स्वस्थ, चोट नलागेको, नकुहिएको तथा छोटो, मोटो र जातअनुसारको रङ्गीन टुसाहरु भएको हुनुपर्छ ।जात छनौट गर्दा स्थानिय जातको तुलनामा बढी उत्पादन दिने, रोग अवरोधक तथा सहन सक्ने, छिटै तयार हुने, असिना सहन गर्न, राम्रो भण्डारण क्षमता भएका जातहरु प्राथमिक्ता दिनुपर्छ ।उच्च तथा मध्य पहाडि क्षेत्रमा कुफ्री ज्योति, खुमल सेतो १, खुमल लक्ष्मी आदि जातहरु लगाइने गरिन्छ भने तराइमा कुफ्री सिन्दुरी, खुमल सेतो १, खुमल रातो २ आदि लगाइने गरिन्छ ।साथै बिउ आलु सकेसम्म भरपर्दो श्रोतबाट खरिद गर्नु पर्छ ।बिउ आलुमा २ देखि ५ वटा टुसा भएको हुनुपर्छ । नटुसिएको बिउ आलु लगाउदा बिउ उम्रिन सक्दैन र बाली एकनासको नभइ ठाँउ ठाँउमा खाली हुन्छ ।बिउ आलुको टुसा उर्माने तरिका यस प्रकारको छ रोप्नुभन्दा पहिले ३ देखि ६ हप्तासम्म न्यानो ९१५ डि.से(२० डि. से तापक्रम,हावा लाग्ने, घामको प्रकास सिदै नपर्ने तर उज्यालो ठाउँ जस्तै कोठा, बरण्डा वा छानामुनि १ देखि २ तहसम्म मिलाएर राख्नुपर्दछ। अध्यारो ठाँउमा राखेको आलुको बिउबाट सेतो, कमजोर टुसाहरु निस्कने गर्दछन् । धेरै जाडो भएको ठाँउमा आलुको दानालाइ तुसारोबाट बचाउनु पर्दछ ।आलु जमिन मुनि फल्ने, बढ्ने कमजोर जरा प्रणली भएको बाली हो । यसको जरा २५ देखि ३० से।मि।सम्म फैलने हुनाले खुकुलो माटो हुन जरुरी छ । त्यसकारण जमिनलाइ ३,४ पटक राम्ररी गहिरो गरि जोतेर डल्ला फुटाइ , झारपात हटाइ माटो बुरबुराउँदो र खुकुलो पारी जमिनलाइ पानी नजम्नेगरी सम्याउनुपर्दछ ।एक ड्याङ्गदेखि अर्को ड्याङ्गको दुरि ६०,७० सेमि एक बोटबाट अर्को बोटको दुरि २०,२५ सेमि गरी रोप्नुपर्छ ।कम्पोष्ट मल ४०(५० डोका प्रति रोपनी, युरिया ६ किलो प्रति रोपनी, डि एप ई १० किलो प्रति रोपनी र पोटास ५ किलो प्रति रोपनीको दरले प्रयोग गर्नुपर्छ । डि एप ई, पोटास पुरै तथा युरिया आधा आलु रोप्नु अघिनै जमिनमा राख्नु पर्छ बाकि युरिया पहिलो सिचाइ गरी गोडमेल गर्दा र दास्रो सिचाई , उकेरा दिने बेला दिनुपर्छ यसलाई प्रयोग गर्दा गहिरो कुलेसो बनाई पहिले रासायनिक मलको मिश्रण त्यसपछि गोठे वा कम्पोष्ट मल र त्यसमाथि बिउ राप्नुपर्छ जस्ले गर्दा बीउ रासायनिक मलसँग प्रत्यक्ष सम्पर्कमा आउदैन ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका