कर्णालीमा फुटवलको विकास र विस्तारमा लागि फुटवल एकेडेमी दर्ता – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • कर्णालीमा फुटवलको विकास र विस्तारमा लागि फुटवल एकेडेमी दर्ता

कर्णालीमा फुटवलको विकास र विस्तारमा लागि फुटवल एकेडेमी दर्ता

कर्णालीमा फुटवलको विकास र विस्तारमा लागि फुटवल एकेडेमी दर्ता

कर्णबहादुर रोकाया, हुम्ला, ८ मङसिर ।  हुम्लामा फुटवलको विकास र विस्तारका लागि हुम्ला फुटवल एकेडेमीको दर्ता गरिएको छ ।

यसले पुराना र स्थानीयस्तरमा ओझेल परेका प्रतिभाहरूको सम्मान गर्दै नवप्रतिभाहरुलाई व्यावसायिक वनाई राष्ट्रिय  अन्तराष्ट्रियस्तरमा चिनाउनका लागि सक्दो प्रयास गरिने भएको छ ।

हुम्ला जिल्लामा विभिन्न समयमा फुटवललाई आफ्नो रुचिको खेल बनाएर केही मात्रामा भए पनि स्थानीयस्तरमा फुटवल खेलाडीको रुपमा चिनिएका हुम्ली युवाहरूले जिल्लाको फुटवल, फुटवल प्रेमी र फुटवल खेलाडीलाई एकताबद्ध बनाउनका लागि हुम्ला फुटवल एकेडेमी दर्ता गरेको जानकारी उक्त एकेडेमीमा मुख्य प्रोप्राइटर विष्णु रावतले जानकारी दिनुभएकाे छ ।

यो एकेडेमीले साविकको कर्णालीको पाँच जिल्ला हुम्ला, मुगु, जुम्ला, डोल्पा र कालीकोटलाई कार्य क्षेत्र बनाएको छ । यसलाई अझै वैधानिक र सशक्त बनाउनका लागि एन्फासँग पनि आवद्ध हुने र सम्बद्धता लिने तयारी भएको जनाइएको छ ।

यो एकेडेमीका लागि हाल विष्णु रावत, प्रिती रावत, बुद्धि रोकाया र रविन कुमार बस्नेत रहेका छन् । यसलाई छिटै विस्तार गरिने भएको छ ।

कर्णाली क्षेत्रमा फुटवलको विकास र विस्तार गर्न गराउनका लागि आवश्यक पहल, सहकार्य र समन्वय गर्न गराउनका लागि यो एकेडेमीको स्थापना गरिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका