कृषि विकास कार्यालय हुम्लामा भेटिएको सकेटबम नेपाली सेनाबाट गरियो निस्क्रिय – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • कृषि विकास कार्यालय हुम्लामा भेटिएको सकेटबम नेपाली सेनाबाट गरियो निस्क्रिय

कृषि विकास कार्यालय हुम्लामा भेटिएको सकेटबम नेपाली सेनाबाट गरियो निस्क्रिय

कृषि विकास कार्यालय हुम्लामा भेटिएको सकेटबम नेपाली सेनाबाट गरियो निस्क्रिय

कर्णबहादुर रोकाया, हुम्ला,  ७ मङसिर । कृषि विकास कार्यालय, हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा भेटिएको दुई वटा सकेट बम नेपाली सेनाले सिमकोट गापा वडा नं ५ को भदाले भन्ने खाली ठाउँमा डिस्पोज गरेको छ ।

आइतबार बिहानी सिमकोट बजारको माथिल्लो बजारको लोकतान्त्रिक चोक नजीकै रहेको कृषि विकास कार्यालय हुम्लाको प्रवेशद्वार र कार्यालय जाने बाटोमा भेटिएको दुई पोका शंकास्पद वस्तु नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले उ्रक्त क्षेत्र नियत्रन्त्रण लिएको थियो ।

केही समय उक्त क्षेत्रलाई शिल गरी आवतजावतमा रोक लगाएर नेपाली सेना नयाँ भैरबी दल गुल्ममा बम डिस्पोज टोलीले तत्काल उक्त शंकास्पद वस्तुलाई नियन्त्रणमा लिएर सिमकोट गापा वडा नं ५ मा पर्ने भदाले भन्ने स्थानमा आइतबार बिहान १०ः२५ बजे र ११ः३६ बजेको समयमा सकेट बम डिस्पोज गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव
उपरिक्षक सुर्यप्रकाश सुवेदीले दिनुभएकाे छ ।

नेपालभरी नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले मंसिर ६देखि ८ गतेसम्म सञ्चालन गर्न लागेको कार्यक्रमलाई लक्षित गरेर सिमकोट बजार क्षेत्रमा सकेट बम राखिएको हुन सक्ने जिल्ला सुरक्षा स्रोतले अनुमान गरेको छ ।

पछिल्लो समय सिमकोट क्षेत्रमा यस्ता सुरक्षा चुनौति दिने तासजुवा, अवैध चीनिया मदिरा बेचबिखन जस्ता कामहरुका साथै यस्ता विध्वंसतात्मक कार्यहरुले सुरक्षा चुनौतिलाई पनि जिम्मेवार कार्यालय संवेदनशील हुन नसकेको स्थानीयहरुको भनाई रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका