तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद – Samacharpati Samacharpati तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद – Samacharpati
Samacharpati
मङ्लबार, चैत्र ३१, २०७७
  • होमपेज
  • तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद

तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद

तनहुँमा विभिन्न स्थानबाट प्रहरीले ७२ जना जुवाडे पक्राउ, सात लाख ४० हजार बरामद

तनहुँ, ७ मङ्सिर । तनहुँमा विभिन्न स्थानबाट गरी प्रहरीले चाडपर्वको समयमा हालसम्म ७२ जना जुवाडेलाई पक्राउ गरेको छ । दशैँअघिदेखि शनिबारसम्म जुवाखालबाट प्रहरीले रु सात लाख ४० हजार बरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जुवा खालबाट कौडा, तास, तन्नालगायतका सामग्री बरामद गरिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । जिल्लाको डुम्रे, बेलचौतारा, भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो ।

यसरी पक्राउ परेका जुवाडेलाई मुद्दा दर्ता गरिसकिए पनि फैसला हुन बाँकी रहेको उहाँले बताउनुभयो । जुवा खेल्ने र खेलाउनेलाई तीन महिनासम्म कैद र रु ३० हजारसम्म जरिवाना वा दुवै हुनसक्ने मुलुकी अपराध ऐन संहिता, २०७४ को १३२ नंमा उल्लेख गरेको छ । प्रहरीले बरामद गरेका बिगो जफत गर्ने कानूनी व्यवस्था छ । उहाँले भन्नुभयो, “जुवातास खेल्ने खेलाउनेलाई अहिले तारेखमा छाडिएको अवस्था छ ।”

प्रहरीले जुवातास खेल्ने सूक्ष्मरूपमा अनुसन्धान गर्दै सुराकीको आधारमा जुवाडेलाई धमाधम पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा कदम चालेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका