हुम्लामा अझै पनि अबैध चीनियाँ मदिराको कारोवार – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • हुम्लामा अझै पनि अबैध चीनियाँ मदिराको कारोवार

हुम्लामा अझै पनि अबैध चीनियाँ मदिराको कारोवार

हुम्लामा अझै पनि अबैध चीनियाँ मदिराको कारोवार

कर्णबहादुर रोकाया, हुम्ला,  ७ मङसिर ।   हुम्लामा उत्तरी नाका बन्द भएको एक वर्ष भए पनि अझै हुम्लाभरी अवैध चीनियाँ मदिराको  ब्यापारले बजार लिएको छ । गाउँघरमा एक बोतलको ८ सयदेखि एक हजारमा बिक्री हुने गरेको छ ।

पछिल्लो समय हुम्लामा कारोवारको एक प्रमुख स्रोतको रुपमा जुवातास र अवैध घरेलु तथा चीनियाँ मदिराबाट राम्रो र नगद कारोवार हुने भएकाले पनि यसप्रति स्थानीयहरू आकर्षित भएको नाम नबताउने शर्तमा हुम्लाका एक रक्सी ब्यापारीले जानकारी दिएका छन् ।

ब्यापारीले भने अझै हुम्लाभरी दश हजार प्याक चीनियाँ रक्सी स्टक रहेको छ । यसलाई अवस्था हेरेर सिमकोट लगायत हुम्लाका स्थानीय बजारमा बिक्री वितरण हुने गरेको छ । प्रति प्याकमा १२ बोतल हुने भएकाले प्रति प्याक होलसेलमा छ हजार पर्ने गरेको छ ।

हुम्लाको सदरमुकाम सिमकोट र स्थानीय बजारहरू हिल्छा, तुमकोट, याल्वाङ्ग, केर्मी, धारापोरी, लाग्ना, स्याम्ने, खार्पु, यांचु, बोक्चेगौंडा, सुनखाडा, छारे, लेप्चे, लिप्ने, गीउसी,सर्केगाड, सलीसल्ला, लोती, देउली, जाच्चे, तुम्च, दोमुखा, तिर्थसैन, गल्वा तथा कवडी जस्ता दुई दर्जनभन्दा धेरै स्थानीय बजारहरूमा खुले आमा चीनियाँ मदिरा बेचविखन भए पनि जिल्ला प्रशासन कार्यालय, हुम्ला र जिल्ला प्रहरी कार्यालय हुम्ला बेखबर भएको स्वांग पार्ने गरेको स्थानीयहरूको आक्रोस रहेको छ ।

स्थानीय बजारमा ८ सयदेखि एक हजारसम्म पर्ने अवैध चीनिया मदिरा पटक पटक स्थानीय प्रहरी चौकीले बरामद गर्ने गरेको भए पनि खासै कारवाही गर्न सकेको छैन । यसरी उत्तरी नाका र अन्य चिनको स्वशासित तिब्बतसँग जोडिएका हिल्छा, लाप्चा, चाङ्ला र टाँके नाका बन्द भएको अवस्थामा पनि अबैध चीनियाँ मदिराको सदरमुकाम र गाउँघरमा बिगबीगी हुनु आफैमा सोचनीय पक्ष देखिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका