क्युकोशिन कानको १० औसाधारण सभा समपन्न – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • क्युकोशिन कानको १० औसाधारण सभा समपन्न

क्युकोशिन कानको १० औसाधारण सभा समपन्न

क्युकोशिन कानको  १० औसाधारण सभा समपन्न

सुरेशराज अधिकारी, कास्की, ६ मङसिर ।  कास्की जिल्ला क्युकोशिन कान करातेको १० औ साधारण सभा सम्पन्न भएको छ । संघको सभाले रिक्त रहेको पदमा पदपुर्ती समेत गरेको छ । संघका कोषध्यक्ष सुजन आचार्य तथा सदस्य सुनिल थापा र अर्जुन बरामलाई पदपुर्ती गरेको हो ।

कोभिड–१९ महामारीको कारण ठप्प खेलकुद गतिविधि संचालन गर्दै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी प्रशिक्षणलाई तिव्रता दिने भएको छ । संघको सभाले आगामी दिन खेलडीको हौसला वृद्धि गर्नका लागि पदक विजेता खेलाडीलाई निरन्तरता समेत दिने भएको छ । संघको सभामा बोल्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सम्पन्न श्रेष्ठले राज्यले खेल र खेलाडीलाई न्याय दिन नसकेको बताउनुभयाे ।

उहाँले खेलकुदको क्षेत्रमा भएको खराब कुराहरुलाई फाल्दै खेलाडीको हक हितको लागि काम गर्न आवस्यक रहेको बताउनुभयाे। राष्ट्रिय स्तरमै सबैभन्दा बढि पदक ल्याउने खेल मार्सलआर्ट भएपनि राज्यले खेललाई ओझेलमा पारेको बताउनुभयाे ।

संघलाई शुभकामना दिदैँ सदस्य श्रेष्ठले नवौमा समेत उत्कृष्ट नतिजा हासिल गर्न खेलाडी तयार गर्न आग्रह गर्नुभयाे । सोहि क्रममा बोल्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा प्रमुख डिवि नेपालीले खेलकुद संस्थाहरुले कोषाध्यक्ष र सचिवको प्रतिवेदन विरलै सार्वजानिक हुने गरेको बताउनुभयाे ।

त्यसतै नेपाल क्युकोशिन कानका केन्द्रिय प्रशिक्षक राजेन्द्र सुवेदीले कोभिडको कारण प्रशिक्षणमा समस्या परेपनि पोखरा लगायत केहि सहरमा भने सुरक्षा विधि अपनाएर मुख्य खेलाडीलाइ प्रशिक्षण दिइरहेको बताउनुभयाे । कास्कीले अहिले सम्म देशभर उत्कृष्ट नतिजा ल्याउदैँ आएको बताउनुभयाे ।

कार्यक्रममा जनप्रतिनिधी राधिका साहि, संघका पदाधिकारी दानबहादुर क्षेत्री,अध्यक्ष बेल बहादुर थापा लगायले आफ्नो भनाइ राख्नुभएकाे थियाे । कोषध्यक्षको
प्रतिवेदन संघका उपाध्यक्ष सागरराज गिरी र सचिवको प्रतिवेदन सचिव सुरेशराज अधिकारीले प्रस्तुत गर्नुभएकाे थियाे ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका