चरनको कमीले लिमीमा घट्यो पशुपालन व्यवसाय – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • चरनको कमीले लिमीमा घट्यो पशुपालन व्यवसाय

चरनको कमीले लिमीमा घट्यो पशुपालन व्यवसाय

चरनको कमीले लिमीमा घट्यो पशुपालन व्यवसाय

कर्णबहादुर रोकाया, हुम्ला, ६ मङसिर । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा चरीचरनको समस्याले गर्दा जीविकोपार्जनको मुख्य पेशा पशुपालन व्यवसाय संकटमा परेको छ । यसबाट लिम्यालहरू पुराङको कामदार बन्न बाध्य भएका छन् ।

पशुपालन व्यवसाय लिमी क्षेत्रको एक मात्र जीविकोपार्जन र आयको स्रोत भए पनि नेपाल सरकारको नीतिगत, रणनैतिक तथा सामरिक कमजोरीका कारण यो पेशा संकटमा परेको लिमी हल्जीको स्थानीयबासी खेन्राव तामाङ्गले बताउनुभएकाे छ ।

वि सं २०१८ सालमा भएको उत्तरी सीमाको रेखांकनमा सीमा निर्धारण गर्दा लिमी क्षेत्रको उर्बर, पोषिलो र राम्रो चरन क्षेत्र तिब्बती भूभागमा परेकाले वर्षेनी लिमी क्षेत्रको पशुवस्तुहरू घटउँदै जानुपर्ने र भएका पशुवस्तुहरू चरिचरन गरे वापत चरन कर पनि तिर्नुपर्ने अवस्थाले लिमीमा केही वर्षपछि त घरेलु कामका लागि प्रयोग हुने पशुवस्तुहरू पनि पाउन मुस्किल हुने नाम्खा वडा नं ६का वडा अध्यक्ष पाल्जोर तामाङ्गको मत रहेको छ ।

वि सं २०१८ सालमा भएको सीमा निर्धारण अनुसार प्रत्येक पाँच पाँच वर्षमा उत्तरी अन्तर पशुचरनका लागि भएका गरेका र हुने कुराहरूको बारेमा दुई देशीय जानकारी आदानप्रदान गर्नुपर्ने नीतिगत प्रावधान भए पनि नेपाल सरकारले नीतिगत कुरालाई मात्र मान्यता दिएर स्थानीय सीमा क्षेत्रमा बस्ने नागरिकको कुराहरूलाई सम्बोधन गर्न गराउनका लागि कुनै चासो नदिएका कारणले चरिन चरन र सीमाको साँधबारेमा पनि पटक पटक सानातिना किचलो आउने गरेको जिल्लाका सरोकारवालाहरूको भनाई रहेको छ ।

यसरी हुम्लाको उत्तरी चीनको स्वशासित तिब्बतको पुराङका विभिन्न गाउँका पशुवस्तुहरू वर्षा समयमा नेपाली भूमिमा निर्वाध रुपमा चरिचरन गर्न पाउने तर हिउँदको समयमा नेपाली पशुवस्तुहरूको चरिचरनलाई थुनछेक गरिदाँ यस्तो समस्या आएको साविक लिमी गाविसका सचिव धर्मराज रोकायाले बताउनुभयाे।

उहाँले भन्नुभयाे नेपाल सरकारले सीमाका स्थानीय नागरिकहरूको समयमै भनाई सम्बोधन गर्नुपर्छ नत्र यो समस्या सधैँभरीका लागि आउने सानोतिनो विवादले यो वर्षको असोज कात्तिक महिनामा राष्ट्यि अन्र्तराष्ट्यि चर्चा परिचर्चा पाए जस्तै सधैँभरीका लागि प्रतिपक्षको मसला बन्ने छ ।

उत्तरी अन्तर पशुचरनका बारेम नीतिगत रुपमा विभिन्न प्रकारका सन्धी सम्झौता समझदारी रअन्य लिखत भए पनि हालसम्म स्थानीय नागरिक बीच परम्परागत व्यावहारिक सन्दर्भमा नै सीमाको आवतजावत चल्दै आए पनि सम्बन्धीत सरकारका सरोवारवाला र जिम्मेवार निकायका जिम्मेवार पदाधिकारी तथा अधिकारीहरूले साँध सीमाना र त्यस वरपर हुने जानकारी र गतिविधहरूको बारेमा स्थानीय नागरिकलाई जानकारी र सम्बोधन गर्नु गराउनु पर्ने नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी प्रतिरोधको मत रहेको छ ।

हुम्ला जिल्लाको उत्तरी अन्तर पशुचरन समस्याले लिमीका नागरिकलाई कि त गाउँठाउँ छोड्नु पर्ने अवस्था छ कि त प्रति वर्ष पुराङमा पसिना चुहाएर जीविकोपार्जन गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको छ । यसलाई ध्यानमा दिएर जीविकोपार्जनको वैकल्पिक र स्थायी सम्बोधन समयमै गर्नु पर्ने आजको आवश्यकता हो कि न की नेपाली नागरिकको नाममा नागरिकको प्रमाणपत्र भिराउने काम मात्र ?

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका