घलेगाउँमा ८ महिनापछि पर्यटकको चहलपहल – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • घलेगाउँमा ८ महिनापछि पर्यटकको चहलपहल

घलेगाउँमा ८ महिनापछि पर्यटकको चहलपहल

घलेगाउँमा ८ महिनापछि पर्यटकको चहलपहल

लमजुङ,६,मंसिर ।
लमजुङको क्होलासोथर गाउँपालिका (३) घलेगाउँ होमस्टेमा पर्यटक आउन थालेका छन् ।कोभिड१९ का कारण प्रभावित बनेको यहाँको घरबासमा करिब आठ महिनापछि आन्तरिक पर्यटक आउन थालेका हुन् ।

गएको साउनसम्म घरबास बन्द रहेकोमा भदौ १ गतेबाट खुल्ला भएपछि कहिलेकाहीँ दुई चार जना आउन थालेका थिए । यतिबेला दैनिक ३०,३५ जना पर्यटक आउन थालेको ग्रामीण घलेगाउँ पर्यटन व्यवस्थापन समितिले जनाएको छ ।कोरोनाको त्रासका बीचमा समेत पर्यटक भित्र्याउनलाई उत्साहित भए पनि पर्यटक नआउँदा निरास बनेका यहाँका घरबास सञ्चालक आन्तरिक पर्यटक आउन थालेपछि खुशी हुन थालेका घरबासका सञ्चालक दीर्घराज घलेको भनाइ छ ।
घलेगाउँबाट लमजुङ, अन्नपूर्ण ९दोस्रो० र चौथो, माछापुच्छ्रे, मनास्लु, हिमालचुली, ङादीचुली ९डा हर्क हिमाल० र बुद्ध हिमाल देख्न सकिन्छ ।सूर्योदय र सूर्यास्त, नमुना चिया बगानको अवलोकन, गुरुङ खाना, घले राजाको पार्क र गुरुङ सङ्ग्रहालय पनि हेर्न सकिन्छ । सदरमुकाम बेँसीसहरबाट यो गाउँ पुग्नलाई २३ किलोमिटरको दूरी पार गर्दै गाडीमा झण्डै तीन घण्टा र पैदलयात्रा गरेमा झण्डै पाँच घण्टा समय लाग्छ ।२०५७ सालबाट सुरु भएको घलेगाउँ घरबास जिल्लाकै पहिलो हो । गाउँका १२५ घरधुरीमध्ये ३७ घरमा घरबास सञ्चालनमा रहेको समितिले जनाएको छ । यहाँका सबै घरका छाना जस्तापाता रहेको देख्न सकिन्छ साथै सबै छानो रातो रङको छ । लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो ।यही नामबाट क्होलासोथर गाउँपालिका रहेको छ । पुर्खौँपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयबासिन्दाको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानीमा रमाएका गुरुङ समुदायको यहाँ बाक्लो बस्ती तथा बसोबास रहेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका