आजकाे मौसम:-कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा वर्षाको सम्भावना – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • आजकाे मौसम:-कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा वर्षाको सम्भावना

आजकाे मौसम:-कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा वर्षाको सम्भावना

आजकाे मौसम:-कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा वर्षाको सम्भावना

काठमान्डाैँ, ६ मङसिर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य बदली रही बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ ।

देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

आज राती पनि  प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक  देखि सामान्य बदली रहनेछ । बांकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका