नेपालमा शुक्रबार कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • नेपालमा शुक्रबार कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

नेपालमा शुक्रबार कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

नेपालमा शुक्रबार कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु

काठमाडौं, ५ मङसिर । नेपालमा शुक्रबार कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार २९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज थप ५ हजार ३ सय ६४ कोरोना संक्रमण मुक्त भएका छन् । जुन अहिलेसम्मकै एकैदिन निको हुने सर्वाधिक धेरै हुन् ।

आज निको भएका सहित देशभर कोरोनालाई जित्नेको संख्या १ लाख ९१ हजार २ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्रबार मात्रै १ हजार ९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा आज कोरोनाका कारण अहिलेसम्म नेपालमा १६ लाख ४३ हजार ८९९ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका