गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमितकाे मृत्यु – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमितकाे मृत्यु

गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमितकाे मृत्यु

गण्डकी प्रदेशमा थप ४ जनाकाे काेराेना संक्रमितकाे मृत्यु

पाेखरा, ५ मङ्सिर । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत रहेका पाेखरा महानगरपालिका ६८ वर्षिय काेराेना संक्रमित  व्यक्तिकाे हिजाे बेलुकी ११ बजे मृत्यु भएकाे छ ।

उहाँकाे मङसिर ८ हिजाे बिहान काेराेना पुष्टि  भएकाे थियाे । उहाँलाइ निमाेनिया , मधुमेह लगायतका स्वास्थ्य समस्या रहेकाे थियाे ।

पाेखरा महानगरपालिका  २१ का ७५ वर्षिय  काेराेना संक्रमित व्यक्तिकाे पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पशिचमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

उहाँलाइ हिजाे अस्पताल भर्ना हुनुभएकाे थियाे । हिजाे बेलुका  उहाँकाे मृत्यु भएकाे छ ।

त्यसैगरी पाेखरामहानगरपालिका  १७ का  २९ वर्षिय काेराेना संक्रमित  व्यक्तिकाे आज बिहान मृत्यु भएकाे छ । उहाँलाइ निमाेनियाकाे समस्या रहेकाे थियाे ।

पाेखरा महानगरपालिका १३ का ५५ वर्षिय काेराेना संक्रमित व्यक्तिकाे उपचारकाे क्रममा आज बिहान ४ बजे मृत्यु भएकाे छ ।

उहाँलाइ मधुमेह, निमाेनिया, किड्नी सम्बन्धी समस्या रहेकाे थियाे ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका