पाँचथर, ५ मङसिर । पाँचथरमा प्रहरीले विभिन्न मुद्दाका पाँच फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार विभिन्न मितिमा अदालतबाट भएका फैसलामा दोषी ठहर भई फरार रहेका दाेषीहरुलाई पछिल्ला केही दिनमा पक्राउ गरिएको हो ।
प्रहरीले बाल यौन दुराचारको अभियोगमा पाँच वर्ष पाँच महिना १५ दिन कैद सजाय तोकिएका एक अभियुक्तलाई ताप्लेजुङको तेल्लोकबाट पक्राउ गरेको छ ।
विसं २०७४ असार १ गते पाँचथरको हिलिहाङ गाउँपालिका–४ की आठ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोग लागेका ती अभियुक्तलाई इलाका प्रहरी कार्यालय तेल्लोक ताप्लेजुङको सहयोगमा पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।
दाेषीलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको र नाम सार्वजनिक नगरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।