गण्डकी प्रदेशमा १२४ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०६६४ पुग्याे – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा १२४ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०६६४ पुग्याे

गण्डकी प्रदेशमा १२४ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०६६४ पुग्याे

गण्डकी प्रदेशमा १२४ काेराेना संक्रमित थपिएसँगै, संक्रमितकाे संख्या १०६६४ पुग्याे

पाेखरा, ४ मङसिर । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १०६६४ पुगेकाे छ । लाइफ केयर एण्ड डायग्नाेस्टि प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा थपिने  गाेरखाका १ जना, पाेखरा महानगरपालिकाका ४२ जना , पर्वतका १ जना, स्याङजाका ३ जना, तनहुँका २ जना गरी ४९ जना रहेका छन् ।

सबै संक्रमितहरूलाइ लाइफ केयर एण्ड डायग्नाेस्टि प्रा लि पाेखरामा पाेखराका विभिन्न अस्पताल मार्फत काेराेना परिक्षणका लागि नमुना संकलन गरी पठाइएकाे थियाे ।

चितवन मेडिकल कलेज चितवनमा गरिएकाे परिक्षणमा थपिने  बाग्लुङका १ जना, गाेरखाका ९ जना , लमजुङका ३ जना , नवलपरासी पूर्वका २२ जना, स्याङजाका १ जना, तनहुँका ५ जना गरी  ४१ जना रहेका छन् ।

चितवन मेडिकल कलेज चितवनमा थपिने सबै संक्रमित चितवन मेडिकल कलेज फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा  थपिने बाग्लुङका १० जना, कास्की पाेखरा महानगरपालिकाका १३ जना, मुस्ताङका २ जना, तनहुँका १ जना गरी २६ जना रहेका छन् ।

क्षयराेग उपचार केन्द्र बाट थपिएका संक्रमित कन्ट्रयाक टेसिङबाट पहिचान भएका हुन् । गण्डकी प्रदेशमा विभिन्न अस्पतालमा गरिएकाे परिक्षणबाट १२४ काेराेना संक्रमित थपिएका छन् ।

थपिएका संक्रमित सबैलाइ अाइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका