अमेरिकामा एक करोड १५ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण,दुई लाख पचाँस हजार बढीको मृत्यु – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • अमेरिकामा एक करोड १५ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण,दुई लाख पचाँस हजार बढीको मृत्यु

अमेरिकामा एक करोड १५ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण,दुई लाख पचाँस हजार बढीको मृत्यु

अमेरिकामा एक करोड १५ लाखभन्दा बढीमा कोरोना सङ्क्रमण,दुई लाख पचाँस हजार बढीको मृत्यु

अमेरिका, ३ मङसिर । संयुक्त राज्य अमेरिकामा फेरि एक पटक देशैभरि गम्भीर रूपमा फैलिइरहेको कोभिड- १९ का कारण हालसम्म दुई लाख पचाँस हजार जनाभन्दा बढीको ज्यान गएको छ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार त्यहाँ हालसम्म एक करोड १५ लाखभन्दा बढीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ।

कोरोनाभाइरसका कारण अमेरिकामा भएको मृत्यु र सङ्क्रमण विश्वका अन्य कुनै देशहरूमा भएको भन्दा बढी हो। अहिले त्यहाँ पुन एक पटक देशैभरि सङ्क्रमण बढ्दो छ र हरेक दिन दैनिक वृद्धमा नयाँ कीर्तिमान कायम भइरहेको छ।

देशका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा एन्थोनी फाउचीले देश एकदमै महत्त्वपूर्ण समयमा गलत दिशामा गइरहेको बताउनुभएकाे छ। किनकि जाडो बढ्दै गर्दा मानिसहरू घरभित्र बढी सीमित हुनेछन्।

गत वसन्त ऋतुमा अमेरिकामा कोरोनाभाइरसको केन्द्र रहेको न्यूयोर्क शहरले सङ्क्रमण बढ्ने अनुमानका साथ बिहीवारदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका