कोरोनाका कारण हुम्लाका सम्पूर्ण विद्यालय तेस्रो पटक बन्द – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • कोरोनाका कारण हुम्लाका सम्पूर्ण विद्यालय तेस्रो पटक बन्द

कोरोनाका कारण हुम्लाका सम्पूर्ण विद्यालय तेस्रो पटक बन्द

कोरोनाका कारण हुम्लाका सम्पूर्ण विद्यालय तेस्रो पटक बन्द

कर्णबहादुर रोकाया, हुम्ला, ४ मङसिर । नाम्खा गाउँपालिकाको याल्वाङ्ग केन्द्रमा केही दिनमा करीब ५ दर्जन व्यक्तिहरूलाई कोरोना पोजेटिभ देखिएपछि मंसिर ३ गते बुधबार सकेको डिसिसिएमसीको बैठकले १६ बुँदे निर्णय गर्दै
अर्को व्यवस्था नभएसम्मका लागि जिल्लाभरीका सम्पूर्ण विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीका कारण धेरै महिनादेखि घरमा बसेका शिक्षकहरूलाई राहत महसुस भएको छ भने विद्यार्थी र अविभावकहरू  यो वर्षको पढाई अब फेरी नाम मात्रको प्रगतिमा उकाल्नु पर्ने बाध्यताले चिन्तित बनेको सिमकोट ५ की लक्ष्मी रोकायाको मत रहेको छ ।

हुम्लाभरीका एक सय ५० भन्दा धेरै विद्यालयहरू अब बन्द भएकाले पनि हुम्लाको धेरै जसो स्थानको तापक्रम माइनस्भन्दा धेरै भएकाले पनि शिक्षक र विद्यार्थीहरूका लागि कष्टकर अवस्था थियो । कोरोनाको प्रकोपले राहत दिएको शिक्षकहरूको प्रतिक्रिया रहेको छ ।

अब त उही छिटोमा विद्यालय चले फागुनमा हो नत्र चैत्रबाट चल्छ भन्ने मानसिकता शिक्षकहरूको रहेको शिक्षा समन्वय तथा ईकाइ कार्यालय, हुम्ला स्रोतले बताएको छ ।

यो वर्ष कोरोना महामारीले हुम्ला जस्तो दुर्गम स्थानको विद्यालयलाई धेरै मर्का परे पनि स्वास्थ्य सुरक्षाका लागि ढिलै भए पनि स्थानीय प्रशासनले गरेको निर्णयले धेरै मात्रामा कोरोना रोकथाममा सहयोग पुग्ने देखिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका