हिल्छाको सीमा प्रहरी चौकी छ महिनाका लागि सिमकोट प्रस्थान – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • हिल्छाको सीमा प्रहरी चौकी छ महिनाका लागि सिमकोट प्रस्थान

हिल्छाको सीमा प्रहरी चौकी छ महिनाका लागि सिमकोट प्रस्थान

हिल्छाको सीमा प्रहरी चौकी छ महिनाका लागि सिमकोट प्रस्थान

कर्णबहादुर रोकाया, हुम्ला, ३ मङसिर । हुम्लाको उत्तरी चल्ती नाका हिल्छामा सीमा सुरक्षाको लागि बसेको प्रहरी चौकी मंसिर २ गते मंगलबारमा दिनमा सिमकोट पुगेको छ ।

यो चौकी अब जेठमा पुनः हिल्छा जाने छ । हिल्छामा माइनस् दश डिग्रीभन्दा धेरै तापक्रम घटेपछि त्यहाँ बसेको प्रहरी चौकी बन्दोबस्तीमा सामानहरू ल्याएर जिल्ला प्रहरी कार्यालय सिमकोट पुगेको छ ।

यो प्रहरी चौकीमा १४ जना प्रहरीको टोली रहेको छ । जसको नेतृत्व प्रहरी निरिक्षक जंगबहादुर आलेले गरेको थिए । सीमा सुरक्षा र अन्य अवाञ्छित गविविधि नियन्त्रण गर्नका लागि वर्षेनी जेठमा गएर कात्तिक मंसिरतिर सदरमुकाम सिमकोट पुग्ने परम्परा अनुसार यो वर्ष सशस्त्र प्रहरीको बीओपीको टिम हिल्छा बसे पनि बन्दोबस्ती सरसामानहरूको व्यवस्था नएकाले सीमा प्रहरी चौकी हिल्छाको टिम जिल्ला प्रहरी कार्यालय हुम्ला सिमकोटमा फर्केको प्रहरी नायव उपरिक्षक सूर्य प्रकाश
सुवेदीले जानकारी दिएका छन् ।

हिउँदको समय मंसिरदेखि चैत्रसम्म दिन रातको समयमा तापक्रम माइनस् पाँचदेखि २५ सम्म हुने भए पनि यो वर्ष बीओपीको टोली र केही स्थानीयहरू हिल्छामा नै बसेका छन् ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका