मोटरसाईकलमा आगो लगाई फरार रहेका युवक बिराैटाबाट पक्राउ – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • मोटरसाईकलमा आगो लगाई फरार रहेका युवक बिराैटाबाट पक्राउ

मोटरसाईकलमा आगो लगाई फरार रहेका युवक बिराैटाबाट पक्राउ

मोटरसाईकलमा आगो लगाई फरार रहेका युवक बिराैटाबाट पक्राउ

पाेखरा, ३ मङ्सिर । कास्की जिल्ला पाेखरा महानगरपालिका वडा १७ बिराैटा शिशुनिकेतन मार्ग स्थित सन्तोष अर्यालको स्टोर अगाडी पार्किङ गरी राखेकाे मोटरसाईकलमा  आगो लगाई फरार भएका व्यक्ति पक्राउ भएका छन् ।

असाेज २६ गते अन्दाजी राती २३:४० बजेको समयमा  शिशुनिकेतन मार्ग स्थित  स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं।१२ घर भएका पाेखरा महानगरपालिका १७ बस्ने वर्ष ३० का सन्तोष अर्यालको स्टोर अगाडी पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बरको बुलेट मोटरसाईकल र ग ७ प ९७८८ नम्बरको होण्डा साईन मोटरसाईकलमा  आगो लगाएर दाेषी फरार रहेका थिए ।

घटना भएपछि प्रहरीद्धारा घटनाको अनुसन्धान भइरहेकाे थियाे । असाेजमा भएकाे घटनाकाे एक महिना पछाडि  आएर अहिले अनुसन्धानको क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दाेषीलाइ पक्राउ गरेकाे छ।

कास्की पोखरा महानगरपालिका वडा नं १७ विरौटा बस्ने बर्ष १९ को दिबश रानाभाटको घटनामा संलग्नता देखिएकोले खोजतलासकाे क्रममा बैदाम प्रहरीले बिराैटाबाट दिबश रानाभाटलाइ मङसिर २ गते पक्राउ गरेकाे हाे ।

दिबश कक्षा एघार पास गरेर १२ मा अध्ययनरत छन् । दिबशलाइ अपराधिक उपद्रव कसूर अन्तर्गत अनुसन्धान भईहेको छ ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका