मानहुँकोटमा माइक्रोबस दुर्घटना एक जनाको मृत्यु, पाँच घाइते – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७

हालको खबर

  • होमपेज
  • मानहुँकोटमा माइक्रोबस दुर्घटना एक जनाको मृत्यु, पाँच घाइते

मानहुँकोटमा माइक्रोबस दुर्घटना एक जनाको मृत्यु, पाँच घाइते

मानहुँकोटमा माइक्रोबस दुर्घटना एक जनाको मृत्यु, पाँच घाइते

तनहुँ,  ३ मङसिर । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उहाँको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका