कोरोनाको रेडजोन बन्दै याल्वांग, नियन्त्रणमा लापरवाही – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • कोरोनाको रेडजोन बन्दै याल्वांग, नियन्त्रणमा लापरवाही

कोरोनाको रेडजोन बन्दै याल्वांग, नियन्त्रणमा लापरवाही

कोरोनाको रेडजोन बन्दै याल्वांग, नियन्त्रणमा लापरवाही

कर्णबहादुर रोकाया, हुम्ला, ३ मङसिर । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र याल्वांग केही दिनदेखि लगातार कोरोना संक्रमित बढ्दै जाँदा केही दिनमा नै ५९ जना कोरोना संक्रमित पुगेका छन् ।

यसबाट याल्वांगको विद्यालयमा देखिएको यो प्रकोप समुदायस्तरमा फैलिएको छ । नाम्खा गाउँपालिकाको वडा नं ४ याल्वांगमा रहेको विद्यालयको छात्रबासबाट शुरु भएको यो रोगको प्रकोप हिउँद समयको चिसोमा बढ्दै जाँदा अवस्था नाजुक हुने देखिएको स्वास्थ्य सेवा कार्यालय हुम्ला स्रोतले बताएको छ ।

उक्त स्रोतबाट जानकारी भए अनुसार हामीले सकेसम्म काम गरेकै छौं तर सदरमुकाम सिमकोटमा बसेर मिटिंग र सिंटींगमा ठूला गर्नेहरुको ध्यान जान नसक्दा यस्तो भएको हो । कोरोनाको नाममा रोग नभएको अवस्था रोकथामको नाममा मात्र बील मिलाएर लार्खौ खर्च गरे ।

यस्तो संकट पर्दा खर्चको अभावले आवश्यक मेडिकल सामाग्री उपलब्ध हुन सकेको छैन । दिन प्रति दिन चेकजाँच गर्दा कोरोना संक्रमति बढ्दै गएकाले हामीहरुले नाम्खाको वडा नं ४लाई शिल गरेर टेसिंगको कामलाई तिब्रता दिएका छौं । हाम्रो बलबुताले भ्याएसम्म काम गर्ने छौं नाम्खा गापाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयाे ।

पहिलो दिन ४, दोस्रो दिन ८, तेस्रो र चौथो दिन कात्तिक २९ गते १५ कोरोना संक्रमित देखिएका थिए भने मङ्सिर १ गते सोमबार २६ जना कोरोना पोजेटिभ देखिएको हो ।

मङ्सिर २ गते मंगलबारका दिनमा ३ जनालाई गरे हालसम्म ५९ जनालाई कोरोना पोजेटिभ देखिएको छ । नाम्खा ४ याल्वांगबाट कोरोना डरले भागेका शिक्षक र विद्याथीहरुलाई मंगलबार बिहान ८ जनालाई खार्पुनाथ गापाले नियन्त्रणमा लिएर क्वारेन्टिनमा पठाएको छ ।

यसबाट चेकजाँच बिनै भागेर आएकाहरु गाउँ गाउँमा पसेकाले पनि थप त्रास बढेको स्थानीयहरुले बताएका छन् ।
याल्वांगबाटै दुई जना कोरोना संक्रमितको अवस्था नाजुक भएकाले हेलिकप्टरलाई प्रति खेप १० लाख रुपैयाँका दरले २० लाख तिरेर काठमाडौं पठाइएको छ ।

हिउँदको समयमा बिहान, बेलुका र रात्ती तापक्रम माइनस् पुग्ने भएकाले पनि थप जोखिम हुने स्वास्थ्यर्मीहरुले बताएका छन् । जिल्लाको डिसिसिएमसी र अन्य सरोकारवाला निकाय मौन भएर बसेकाले पनि हुम्लीहरुले आक्रोस ब्यक्त गरेका छन् ।

यसबारे समयमै सोच्न नसके भयवाह हुने देखिएको छ । याल्वाङमा दैनिक कोरोना सङ्क्रमित बढ्दै गए पनि जिल्लाका जनप्रतिनिधि र जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्न नसकेको भन्दै बजारमा
आलोचना गर्न थालिएको छ।

हिमपातपछि बिहान, बेलुका र रातिको समयमा तापक्रम माइनसमा पुगेसँगै प्रकोपलाई नियन्त्रणमा लिन नसक्दा वडा नं ४ को समुदायस्तरमा प्रवेश गरेको स्वास्थ्यकर्मी बताउँछन्। उत्तरी क्षेत्रमा देखिएको कोरोना प्रकोप नियन्त्रणमा जिल्लाका नियमनकारी निकाय नै मौन बसिरहेका छन्।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका