पोखरा,३,मंसिर
कोरोना भाइरस संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान ११ः१५ बजे दिएको जानकारी अनुसार पोखरा ३ का ८३ वर्षका पुरुष र पोखरा १७ की ७८ वर्षया महिलाको मृत्यु भएको हो ।उनीहरु दुवैको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले जानकारी दिए ।योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ जना पुगेको उनले बताए । कोरोना संक्रमणबाट गण्डकी प्रदेशको राजधानी पोखरामा मात्रै ६१ जनाको मृत्यु भइसकेको छ ।गण्डकी प्रदेशमा आज बिहान ११ः३० बजेसम्ममा ४० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमा पोखराका मात्रै २८ जना रहेका छन् ।