स्याङ्जा, २९ कार्तिक । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्याङ्जाका विकास निर्माणका आयोजनाहरुको निरिक्षण गर्नुभएको छ ।
मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरुको निरिक्षण गर्नुभएको हो । उहाँले वालिङ, सुर्कौदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरिक्षण गर्नुभएको हो ।
कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरिक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीती रहेको मन्त्री अर्यालले बताउनुभयो ।
स्वरेक मैदानसम्म सडक कालोपत्रे गरी यहाँको पर्यटकीय स्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने मन्त्री अर्यालको भनाई रहेकाे छ । त्यस्तै वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गर्नुभयो । डौँवाका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पुर्याउन छिट्टै योजना ल्याउने उहाँले बताउनुभयो ।
यसैगरी मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरुको समेत निरिक्षण गर्नुभएको छ । मन्त्री अर्यालले चापाकोटको सिटि हल, भ्यु टावर, बसपार्क, बहु प्राविधिक शिक्षालयको निरिक्षण गर्नुभएको छ । चापाकोटमा ३०० जना क्षमताको सिटिहल निर्माणाधीन अवस्थामा रहेको छ ।
बहुवर्षिय योजना अन्र्तगत सिटि हल निर्माणका लागी आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड चालू आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड गरी ३ करोड रकम निकासा भईसकेको छ । सिटि हल २०७७ फाल्गुन २१ गते भित्र भ्याट बाहेक ३ करोड ६९ लाख ३७ हजार ५ सय ४४ मा सम्झौता भएको हो । कोभिडको संक्रमणमा गरिएको लकडाउनका कारणले योजना सम्झौता समयमै नहुँने भएको छ ।