नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुग्याे

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु

काठमाडौँ, २८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ हजार ५३७ संक्रमित डिस्चार्ज भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार १११ जना कोरोनाका बिरामी थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ भने हाल सक्रिय संक्रमितको संख्या ३७ हजार २२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ३ हजार ५३७ संक्रमितले कोरोनालाई जितेका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा थप १३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो सहित कोरोनबाट मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका