फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतको फैसला,पोखरा फेवातालको सीमांकन गरिँदै – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतको फैसला,पोखरा फेवातालको सीमांकन गरिँदै

फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतको फैसला,पोखरा फेवातालको सीमांकन गरिँदै

फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतको फैसला,पोखरा फेवातालको सीमांकन गरिँदै

पोखरा, २८ कात्तिक । फेवाताल संरक्षण सम्बन्धी सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकाले गठन गरेको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले काम थालेको छ ।

संयोजक पुण्य पौडेलको अध्यक्षतामा समितिको पहिलो बैठक बिहीबार बसेको छ । बैठकले १ साताभित्रै नापी टोली प्रस्ताव गर्ने निर्णय गरेको जानकारी संयोजक पौडेलले जानकारी दिनुभएकाे हाे ।

बैठकले समितिलाई दिइएको कार्यादेश संशोधनका लागि माग गर्ने, ताल सीमांकन कुन बिन्दुबाट सुरु गर्ने भनेर सिद्धान्त तय गर्ने एवं कार्ययोजनाका लागि कर्मचारी व्यवस्था गर्ने लगायत निर्णय पनि गरेको छ ।

पौडेलले ब्रिटिस, भारतीय, आइयुसिएन लगायतले गरेको फेवाको सर्भेसहित पुराना प्रतिवेदनहरुलाई आधार मानिने सुनाउनुभयाे ।

उहाँ कास्की जिल्ला विकास समिति सभापति हुँदा २०५८ सालमा तालको सीमांकन गर्नुभएकाे थियाे । उक्त सीमांकनका विषयमा कसैको विरोध नआएको उहाँले स्मरण गर्नुभयाे । ‘त्यो पनि ठूलो आधार हो,।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका