बालुवाटार भित्रै अत्याधुनिक हेलिप्याड निर्माण – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • बालुवाटार भित्रै अत्याधुनिक हेलिप्याड निर्माण

बालुवाटार भित्रै अत्याधुनिक हेलिप्याड निर्माण

बालुवाटार भित्रै अत्याधुनिक हेलिप्याड निर्माण

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याडको निमार्ण कार्य सम्पन्न भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भित्रै निमार्ण भएको हेलिप्याड नागरिक उड्डयन प्राधिकरण क्यानको मापदण्डअनुसार भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभएकाे हाे ।

थापाले लेखेका छन्,’नागरिक उड्डयन प्राधिकरण (CANN) को मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड (Helipad) निर्माण कार्य सम्पन्न भएको छ ।

प्रधानमन्त्रीज्यू नेपाली सेनाको हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजो २०७७ साल कात्तिक २६ गते नवनिर्मित हेलिप्याडबाट नै पहिलो उडान गरिएको थियो ।

साँझ निवास फर्किदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएको थियो । यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय वचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।”

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका