fbpx

नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । नेपाली गीति भिडियो टिकुली ट्याक सार्वजनिक भएको छ ।
सोमवार काठमाडौंमा एक कार्यक्रमबीच भिडियो सार्वजनिक भएको हो । गायक नविनकिशोर राईको शब्दरचना रहेको गीतको भिडियोमा हरिष निरौला क्रकोच, प्रियना आचार्य मुन्नी, पुष्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्मा लगायतका कलाकारको अभिनय रहेको छ । रमेश प्रसाईंले गीतमा स्वर दिएका हुन् भने गीतको भिडियोको निर्देशन दीपक आचार्यले गरेका हुन् ।

कार्यक्रममा बोल्दै कलाकार दीपक आचार्य काकु ले पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस अनुसार गीत ल्याएको बताउनु भयो । उहाँले पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर सोही अनुसारको खोजि गरी भिडियो सम्पादन गरेको उल्लेख गर्नुभयो ।


उहाँले भन्नुभयो, ‘पुराना सर्जकलाई नयाँ पुस्तामाझ चिनाउने कोशिस हो यो मेरो । रिंके फुंको राँगोलाईबाट मैले यो क्षेत्रमा लागेको हो । पुरानो समयमा मायाँ प्रेम कस्तो हुन्छ भन्ने रहर जागेर त्यही अनुसारको माहोल हामीले यो भिडियोमा राखेका छौँ । यो भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम जिल्लामा रेकर्ड गरेको हो ।’

त्यस्तै कलाकार हरिष निरौला क्रकोच ले अन्य म्युजिक भिडियो भन्दा आफ्ना लागि यो भिडियो धेरै फरक रहेको महशुस गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो मेरो भिन्न खालको भिडियो हो । मैले त्यही महशुस गरेको छु, कपाल देखाएर नै अन्य भिडियोमा काम गरेको थिएँ, यसमा त्यो छैन, मेरो अभिनय पनि फरक छ । काठमाडौं बाहिर गएर सुट गर्दा पनि धेरै रमाइलो भयो ।’

त्यस्तै कलाकार प्रियना आचार्य मुन्नी ले राम्रो टिमसँग राम्रोसम्ग काम गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘धेरै राम्रो टिमसँग काम गर्न पाइयो यो खुशीको कुरा हो । सबै मिलेर इतिहास सम्बन्धी भिडियो बनाएका छौँ ।’
त्यस्तै वरिष्ठ गायक नविनकिशोर राईले आफूले लामो समय हिँडेर गीतहरु खोजि रचना गरेको आफ्नो विगतको अनुभव सुनाउनु भयो ।
उहाँले भन्नुभयो, ‘आफूले लामो समय हिँडेर गीतहरु खोजेको रचना गरेको हो । धनकुटा, धरान लगायतका धेरै ठाउँहरु हिँडेर मात्रै यी गीतहरु लेखेको हो ।’

म्युजिक भिडियो संखुवासभा, धनकुटा, तेह्रथुम गरी तीन जिल्ल्लामा छायांकन भएको हो । भिडियोमा गाउँ घरका कथावस्तु र पात्रहरुको अभिनयलाई ज्वलन्त प्रश्तुत गरिएको छ ।


काठमाडौं

शुक्रबार, बैशाख १४, २०८१

२८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

कलाकारको नजरमा चलचित्र ‘बोक्सीको घर’:- ‘माइण्ड ब्लोइङ’

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन