झै झगडामा घाईते भएका  कृष्ण चौधरीकाे उपचारकै क्रममा मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, माघ ९, २०७७
  • होमपेज
  • झै झगडामा घाईते भएका  कृष्ण चौधरीकाे उपचारकै क्रममा मृत्यु

झै झगडामा घाईते भएका  कृष्ण चौधरीकाे उपचारकै क्रममा मृत्यु

कर्तव्य ज्यान मुद्धाका प्रतिवादी नन्दलाल श्रेष्ठ पक्राउ

झै झगडामा घाईते भएका  कृष्ण चौधरीकाे उपचारकै क्रममा मृत्यु

पाेखरा, २६ कार्तिक । कास्की पोखरा महानगरपालिका वडा नं ६ बसुन्धरापार्कमा बस्ने कृष्ण चौधरी र नन्दलाल श्रेष्ठ एक आपसमा  झै झगडा गर्दा घाईते भएका  कृष्ण चौधरीकाे पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारकै क्रममा मृत्यु भएकाे छ ।

जिल्ला दाङ घोराही घरभएका जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ६ बसुन्धरापार्कमा बस्ने कवाडीको सामानहरु उठाउने काम गर्ने बर्ष अन्दाजी २४ ,२५ का कृष्ण चौधरीलाई कुटपिटकाे क्रममा टाउकोमा गम्भिर चोट लागेकाे थियाे । घाईते अबस्थामा रहेका चौधरीलाई उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा लगिएको थियाे ।  उपचारकै क्रममा उनकाे मृत्यु भएको हाे ।

यस घट्नाकाे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीले  अनुसनधान गर्ने क्रममा जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा नं १ कुशेश्वर दुम्जा घर भएका पोखरा महानगरपालिका -६ बसुन्धरापार्क बस्ने प्रेम भन्ने नन्दलाल श्रेष्ठकाे संलग्नता देखिएकोले श्रेष्ठलाई खोजतलास गर्दा  मङगलबार २५ गते दिउसाेकाे समयमा जिल्ला तनहुँ आबुखैरेनी नगरपालिका वडा न २ मार्क्यु सडक खण्डमा फेला पारी पक्राउ गरेकाे हाे ।

कृष्ण चौधरी र नन्दलाल श्रेष्ठ दुवैजना कार्तिक २२ गते  सँगै  बसी “सौफी” नाम गरेको रक्सी दुबै मिलेर खाएका थिए । त्यहि समयमा चुराेट हराएकाे बिषयमा एक आपसमा झै झगडा हुँदा नन्दलाल श्रेष्ठले कृष्ण चौधरीको टाउकोमा ढुङगाले हिर्काई गम्भिर घाईते बनाएका थिए ।

झै झगडा पर्स्चात चौधरी घाईते भएपछि नन्दलाल श्रेष्ठ भागेका थिए ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका