अमेरिकी उपराष्ट्रपति कमलादेवी ह्यारिस बनेसँगै विश्वभरकै महिला वर्गमा फरक खुसी – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • अमेरिकी उपराष्ट्रपति कमलादेवी ह्यारिस बनेसँगै विश्वभरकै महिला वर्गमा फरक खुसी

अमेरिकी उपराष्ट्रपति कमलादेवी ह्यारिस बनेसँगै विश्वभरकै महिला वर्गमा फरक खुसी

अमेरिकी उपराष्ट्रपति कमलादेवी ह्यारिस बनेसँगै विश्वभरकै महिला वर्गमा फरक खुसी

काठमाडौं, २५ कार्तिक  ।  दक्षिण एसियाली नाम  सङ्घर्षले उठाएको कद । मावली भारत रहेकी कमलादेवी अमेरिकामा उपराष्ट्रपति, त्यो अपार सम्भावना तर सङ्घर्षको गाथा कति कति ।

संयुक्त राज्य अमेरिकाको भर्खरै सम्पन्न निर्वाचनबाट इतिहास रच्दै पूर्व हार्वर्ड विद्यार्थी ५६ वर्षिय अश्वेत महिला कमलादेवी ह्यारिस उपराष्ट्रपति बन्न सफल हुनुभएको छ ।

विश्व शक्तिराष्ट्र अमेरिकामा भएको उहाँको यो जितले विश्वभरकै महिला वर्गमा फरक खुसी छाएको छ । आफूलाई अमेरिकाको उपराष्ट्रपतिसँगै सिनेटर, कसैकी पत्नी, आमा र अधिकारकर्मीका रूपमा उहाँले परिचय सार्वजनिक गर्नुभएकाे छ ।

हुन त अमेरिकाभन्दा अघि नै धेरै मुलुकमा महिला राष्ट्रप्रमुख भइसकेका छन् तर अमेरिकामा भने कमलादेवी नै महिलाबाट पहिलो उपराष्ट्रपति बन्नुभएकाे हाे । संयोग कस्तो भने महिलाले मतदान गर्न पाएको एक सय वर्षपछि उहाँ उपराष्ट्रपति बन्नुभएकाे छ।

लामो राजनीतिक इतिहासमा महिला राष्ट्रपति भएको त अमेरिकी इतिहासै छैन । चार वर्षअघिको निर्वाचनमा हिलारी क्लिन्टन निर्वाचित हुने व्यापक आशा गरिए पनि अन्तिम समयमा उहाँ  पराजित हुनुभएकाे थियाे। राष्ट्रपतिको उम्मेदवार भने उहाँ पहिलो हो ।

कमलादेवीको यस पटकको यो विजयले चार वर्षअघि राष्ट्रपति पदमा हिलारीको हारको चोट थोरै भए पनि मत्थर गराउन सकेको महसुस गरिएको छ ।

तथ्याङ्क अनुसार अमेरिकामा पुरुषको तुलनामा महिला मतदाता बढी छन् । जसको पुष्टि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ६३।३ प्रतिशत महिलाले मतदान गरेबाट हुन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका