मर्स्याङ्दी गाँउपालिकाको हर्सिङडाँडामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण – Samacharpati Samacharpati मर्स्याङ्दी गाँउपालिकाको हर्सिङडाँडामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन २५, २०७७
  • होमपेज
  • मर्स्याङ्दी गाँउपालिकाको हर्सिङडाँडामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण

मर्स्याङ्दी गाँउपालिकाको हर्सिङडाँडामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण

मर्स्याङ्दी गाँउपालिकाको हर्सिङडाँडामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण
फोटो : गाउँपालिका उपाध्यक्ष होम बहादुर बिकको फेसबुकबाट साभार ।

लमजुङ, २५ कार्तिक । लमजुङको मर्स्याङ्दी गाँउपालिकामा प्याराग्लाइडिङ उडानको सफल परीक्षण भएको छ । मर्स्याङ्दी गाउँपालिका ३ हर्सिङडाँडाबाट सोमबार प्याराग्लाईडिङ उडानको सफल परीक्षण भएको हो ।

ऐतिहासिक तथा पर्यटकीय स्थल हर्सिङडाँडाबाट उडान भरेको प्याराग्लाइडिङलाई पाइलटहरुले सफल अवतरण गरेका थिए । मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार ऐतिहासिक तथा पर्यटकीय स्थलको थप प्रवर्धनका लागि प्याराग्लाईडिङ उडान परीक्षण गरिएको हो । हर्सिङडाँडाबाट मर्स्याङ्दी गाउँपालिका ८ भुलभुलेको कुवापानीमा प्याराग्लाइडिङ उडानको सफल परीक्षण गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष होमबहादुर विकका अनुसार २ वटा प्याराग्लाईडिङ उडाएको थियो । ओपन स्काई प्याराग्लाईडिङ प्रालिका टेन्डम फ्लाईट पाइलट नुरेन रानाले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई लिएर र सोलो फ्लाईट पाइलट सुमन मगर एक्लैले प्याराग्लाईडिङ उडाउनुभएको थियो । हर्सिङडाँडा सरदर भक्ति थापाले गाईवस्तु चराउने ठाउँको रुपमा चिनिएको र त्यहाँ विभिन्न प्रकारका पूराना वस्तुहरु रहेकाले यो अध्ययनको केन्द्र बन्नेछ । प्याराग्लाईडिङले थप पर्यटकलाई आकर्षित गर्ने र गाउँपालिकाको पर्यटन विकासमा ठूलो सहयोग गर्ने बताउनुभयो ।

मर्स्याङ्दी गाउँपालिका ३ का वडाध्यक्ष प्रेमबहादुर बस्नेतले आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउन प्याराग्लाईडिङले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । हर्सिङडाँडामा दैनिक ४०/५० जनासम्म घुम्ने आउने गरेको र यसले झनै पर्यटक संख्या बृद्धि गर्ने बताउनुभयो ।

हर्सिङडाँडा मस्र्याङदी गाउँपालिका ३ खुदीबजारबाट साढे १२ किलोमिटर दूरीमा पर्छ । हर्सिङडाँडामा बीर भक्ति थापाले छेलो हालेको ठाउँ, गोठ राखेको ठाउँ, गोठमा पकाएर खाने गरेको ओदानलगायत छन् । हर्सिङडाँडाबाट बुद्ध, हर्कपिक, ङादी पिक, हिमचुली, लमजुङ, माछामुछ्रेलगायतका दर्जनौं हिम श्रृंखला देख्न सकिन्छ । ऐतिहासिक महत्व रहेको र प्राकृतिक सौन्दर्यले पनि पर्यटकलाई आकर्षित पार्ने बस्नेतले बताउनुभयो । यसको विकासका लागि समिति बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । हर्सिङडाँडा सुमद्री सतहदेखि २ हजार २ सय ६० मिटर उचाइमा छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका