सबैको माया र विश्वासले नै नेलम्बो नेपाललाई यहाँसम्म ल्याएको हो, थप काम गर्न हौसिएका छौँ : अध्यक्ष देवकोटा – Samacharpati
Samacharpati
बुधबार, मंसिर १०, २०७७
  • होमपेज
  • सबैको माया र विश्वासले नै नेलम्बो नेपाललाई यहाँसम्म ल्याएको हो, थप काम गर्न हौसिएका छौँ : अध्यक्ष देवकोटा

सबैको माया र विश्वासले नै नेलम्बो नेपाललाई यहाँसम्म ल्याएको हो, थप काम गर्न हौसिएका छौँ : अध्यक्ष देवकोटा

सबैको माया र विश्वासले नै नेलम्बो नेपाललाई यहाँसम्म ल्याएको हो, थप काम गर्न हौसिएका छौँ : अध्यक्ष देवकोटा

कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर फैलिरहेको महामारीका कारण हरेक क्षेत्रलाई असर पारेको छ । यो बीचमा सामाजिक काम गर्ने अधिकांश संघसंस्था संस्थालाई नविकरण गरेर अध्यावधिक गर्ने काम गरिरहेकमा छन । योबीचमा कोरोना महामारीकै कारण कतिपय संस्था बन्द हुने अवस्थामा पुगेका छन् भने केहिले स्वास्थ्य सुरक्षा मपदण्ड कामय गरि साना साना कार्यक्रमहरु गरिरहेका छन् ।

कारोनाको महामारी फैलन नदिन सरकारले लकडाउन घोषणा गरेपछि पोखरामा नेलम्बो नेपाल निकै चर्चामा आयो । विगत ३ वर्ष देखि स्वास्थ्य शिक्षा र वातावरणको नियमित कार्यक्रम गर्दै आइरहेको नेलम्बो नेपालको विशेष कार्याक्रम महामारी र विपदमा संगसंगै भन्ने नारानै रहेको छ । विगत २५ वर्षको अनुभवले यो संस्थाको स्थापना गर्नुभएका नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा नेलम्बोले गर्ने कामको शैलि र जनताको विश्वासको कारण यो सम्भव भएको उल्लेख गर्नुहुन्छ ।

नेलम्बो नेपालले सरकारले लकडाउन गरेसंगै आफ्नो नियमित कार्यक्रमको २० प्रतिशत र दाताबाट सहयोग प्राप्त भएको रकम गरि कुल ६० लाखमा २ महिना कोभिड १९ नियन्त्रण र सचेतना का लागि काम सुरु गरेको थियो । कोरोनाको संक्रमण फैलने क्रम नरोकिएपछि यो कार्यक्रमको समाबधि थपिदै आएको छ र दाताहरुबाट सहयोग प्राप्त हुदै आएको अध्यक्ष देवकोटा बताउनुहुन्छ । यसै सन्दर्भमा आज हामीले नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटासंग कुराकानी गरेका छौं ।

देवकोटासंग गरिएको भिडियो सम्बाद हेर्नुहोस ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका