बाइडनले देशलाई “विभाजित हैन एकताबद्ध पार्ने” प्रतिबद्धता व्यक्त – Samacharpati
Samacharpati
मङ्लबार, मंसिर ९, २०७७

हालको खबर

  • होमपेज
  • बाइडनले देशलाई “विभाजित हैन एकताबद्ध पार्ने” प्रतिबद्धता व्यक्त

बाइडनले देशलाई “विभाजित हैन एकताबद्ध पार्ने” प्रतिबद्धता व्यक्त

बाइडनले देशलाई “विभाजित हैन एकताबद्ध पार्ने” प्रतिबद्धता व्यक्त

काठमाडौँ, २३ कार्तिक। अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भएपछि डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडनले देशलाई “विभाजित हैन एकताबद्ध पार्ने” प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । शनिवार बोल्दै उहाँले जनताले आफूलाई स्पष्ट रूपमा जिताएको भन्दै कृतज्ञता प्रकट गर्नुभएकाे थियाे।

बाइडनले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा अहिलेसम्म परेको सर्वाधिक ७.४ करोड भोटसहित आफू निर्वाचनमा विजयी भएको बताउनुभयाे। “म तपाईँहरूले मप्रति देखाउनुभएको विश्वासबाट अनुगृहीत छु,” उहाँले भन्नुभयाे।

“म विभाजन गर्न खोज्ने हैन बरु एकताबद्ध गर्ने राष्ट्रपति बन्ने वाचा गर्छु,” उहाँले भन्नुभयाे, “जसले राता र नीला राज्य हैन, केवल संयुक्त राज्य (अमेरिका) देख्छ।” अमेरिकामा डेमोक्र्याट पार्टीले नीलो रङ्ग र रिपब्लिकन पार्टीले रातो रङ्ग प्रयोग गर्छन्। बाइडनले ती दुई दलले जितेका राज्यलाई ती भिन्न रङ्गबाट सम्बोधन गरिने कुराको सङ्केत गर्नुभएकाे हाे।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका