नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ – Samacharpati Samacharpati नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ – Samacharpati
Samacharpati
शनिबार, फाल्गुन १५, २०७७
  • होमपेज
  • नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ

नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ

नागढुंगाबाट ४० लाख रुपैयाँसहित एक जना पक्राउ

२१,कार्तिक
चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गाबाट स्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित ए कजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका–२ का ४० वर्षीय व्यास गुप्ता छन् ।उनलाई शुक्रबार बिहान महानगरीय प्रहरी प्रभाग, नागढुंगाको टोलीले पक्राउ गरेको हो ।बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख ८६५२ नम्बरको यात्रुबाहक चेकजाँच गर्ने क्रममा गुप्ताको साथमा रहेको झोला र कम्मरपेटीमा लुकाइ राखेको १ हजार दरका ४ हजार वटा नोट फेला परेको हो ।थप अनुसन्धान भइरहेको नागढुंगाका प्रहरी निरीक्षक हेमन्तविक्रम थापाले बताए । onlinekhabar

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका