फिल्म ‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा – Samacharpati
Samacharpati
सोमवार, माघ १२, २०७७
  • होमपेज
  • फिल्म ‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा

फिल्म ‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा

फिल्म ‘कृष्ण लिला’मा दीपिकाको ठाउँमा श्रद्धा

काठमाडौँ, १९ कार्तिक । फिल्म ‘कृष्ण लिला’मा अभिनेत्रीको रुपमा श्रद्धा क्षेत्री अनुबन्धित हुनुभएकाे छ । यो भुमिकामा यस अगाडि अभिनेत्री दीपिका प्रसाई अनुबन्धित हुनुभएकाे थियाे ।

तर, स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने बताएको कारण उक्त भुमिकामा निर्माण युनिटले अहिले श्रद्धालाई अनुबन्धित गरेको हो ।

फिल्ममा अभिनेत्रीको रुपमा दीपिकाको ठाउँमा श्रद्धा भित्रिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिनुभएकाे छ । दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको र फिल्म अभिनय गर्न असमर्थ भएको उहाँका पति दीवाकर भट्टाईरले बताउनुभएकाे कारण फिल्ममा अभिनेत्री परिवर्तन गर्नु परेको निर्माता श्रेष्ठको भनाई रहेको छ ।

मुम्बईमा मोडलिङ गरिरहनुभएकी श्रद्धाले अव फिल्ममा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नुहुने छ । फिल्ममा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको मंसिर १५ गतेबाट छायाँकनमा सुरु हुनेछ ।
दीपक ओलीले निर्देशन गर्न लागेको फिल्मका प्रस्तुतकर्तामा रोहित कट्टेल हुनुहुन्छ भने । रत्न श्रेष्ठ निर्माता रहेको फिल्म शिव ढकालले खिच्दैहुनुहुन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका