कास्की र तनहुँमा सवारी दुर्घटना, कास्कीमा १ जनाको मृत्यु – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

कास्की र तनहुँमा सवारी दुर्घटना, कास्कीमा १ जनाको मृत्यु

पोखरा, २८ जेठ । मिती २०७६/०२/२८ गते पोखरा महानगरपालिका-१० ईन्द्रचोकमा बा १४ च ५८१२ नं.को भ्यानले ग ८ प १९१४ नं. स्कुटरलाई ठक्कर दिँदा स्कुटरलाई ठक्कर दिंदा चालक जिल्ला काभ्रे घर भएको अन्दाजी वर्ष २०को कृष्ण प्रसाद चौलागाई घाईते भई उपचारको लागि पोखरा अस्पताल लगेकोमा चिकित्सकले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका छन् । उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई भ्यान र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०२/२८ गते भानु नगरपालिका -१ भन्सार, डुम्रे चन्द्रावती भित्री सडक खण्डमा चन्द्रावतीबाट डुम्रे तर्फ आउदै गरेको ग १ त ५५१४ नं. ट्याक्टरमा काम गर्ने भानु नगरपालिका-५ बारीफाँट बस्ने वर्ष १५ को समुन्द्र नेपाली सोहि ट्याक्टरमा चढ्ने क्रममा खस्न जाँदा ट्याक्टरको पाङ्ग्राले किचि घाईते भई उपचारको लागी पोखरा पठाईएको, उक्त स्थानमा तत्कालै प्रहरी टोलि खटिई ट्याक्टर र चालक नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित