नवलपरासीमा सवारी दुर्घटना, गोरखामा मानिसको मृत्यु – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

नवलपरासीमा सवारी दुर्घटना, गोरखामा मानिसको मृत्यु

नवलपरासी, २८ जेठ । मिति २०७६/०२/२८ गते सुलिकोट गाउँपालिका-२ बारपाक बस्ने चुन बहादुर घलेको नँया बन्दै गरेको तिन तले घरको तेस्रो तलाको छतको ढलाई पश्चात प्रयोग गरेको प्लाईहरु (सटरिङ) खोल्दै गरेको अवस्थामा छत सहित खस्न जाँदा घरमा लेबर काम गर्ने सोही स्थान बस्ने वर्ष २३ को देवेन्द्र घले छत र बिम (पिल्लर) को बिचमा च्यापिई मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिई थप अनुसन्धान भईरहेको छ ।

मिति २०७६/०२/२८ गते कावासोती नगरपालिका-१६ डण्डा स्थित पुर्वपश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ ९ बुटवल बाट नारायणगढ०आउदै गरेको बा ८ च २०३४ नं.को कार, सोही दिशा बाट आउदै गरेको ना ४ च ९५७४ नं.को बलेरो जिप ( बुटवलबाट नारायणगढ) र बिपरित दिशा (नारायणगढबाट नेपालगंञ्ज)तर्फ जाँदै गरेको मे १ ख २९१ नं.को बस एकआपसमा ठक्कर खाँदा कार चालक, बलेरो चालक र बसमा सवार चालक सहीत १८ जना मध्ये ९ जना घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाईएको, उक्त स्थानमा प्रहरी टोलि खटिई तिनवटै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित