जोडिनुहोस
  • होमपेज
  • काठमाडौंबाट कामको शिलशिलामा पोखरा आएका कृष्ण प्रसाद चौलागाई स्कुटर दुर्घटना मृत्यु

कास्की

काठमाडौंबाट कामको शिलशिलामा पोखरा आएका कृष्ण प्रसाद चौलागाई स्कुटर दुर्घटना मृत्यु

पोखरा, २८ जेठ । पोखराको इन्द्रचोक नजिकै  स्कुटर दुर्घटना भएको छ । बा १४ च ५८१२ नम्बरको भ्यानले ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । बाटो काट्दै गरेकी महिलालाई जोगाउन खोज्दा पल्टिएको स्कुटरलाई पछाडीबाट आएको भ्यानले ठक्कर दिँदा २० बर्षिय कृष्ण प्रसाद चौलागाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका चौलागाईँको उपचारका लागि पोखरा हस्पिटलमा लगीएको थियो चौलागाईँ लाई हस्पिटल लैजाने बित्तिकै डाक्टरले मृत धोषणा गरेका छन् । काठमाण्डौं रहेको एक इन्टरनेट कम्पनी मा काम गर्ने चौलागाईँ कामकै शिलशिलामा पोखरा आएका थिए ।

दुर्घटना भएपछि दुर्घटनास्थलमा प्रहरी पुगेर घटनाबारे थप अनुसन्धान गरिहेको, थप विवरण आउन बाँकी रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका