३५ सय १७ जनामा कोरोना पुष्टि,पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • ३५ सय १७ जनामा कोरोना पुष्टि,पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु

३५ सय १७ जनामा कोरोना पुष्टि,पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु

३५ सय १७ जनामा कोरोना पुष्टि,पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु

काठमाण्डौ,१४,कार्तिक
पछिल्लो २४ घण्टामा देशभर थप ३५ सय १७ जनामा कोरोना पुष्टि भएको छ। यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ६८ हजार ६३५ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक जानकारीअनुसार आज देशभर चार हजार ९६ जना संक्रमित कोरोनामुक्त भएका छन्।

यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख २८ हजार ९५८ छ।पछिल्लो २४ घण्टामा थप १६ संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेहरूको कुल संख्या ९२० पुगेको छ।मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र देशभरका विभिन्‍न ल्याबमा जम्मा १४ हजार ९८९ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १४ लाख ३४ हजार ५३ पिसिआर परीक्षण गरिएको पनि मन्त्रालयले तथ्यांकमा जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका