कोदो खेती लोप हुँदै,कास्की र स्याङजामा १८०४६ मेट्रिकटन कोदो उत्पादन हुने – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • कोदो खेती लोप हुँदै,कास्की र स्याङजामा १८०४६ मेट्रिकटन कोदो उत्पादन हुने

कोदो खेती लोप हुँदै,कास्की र स्याङजामा १८०४६ मेट्रिकटन कोदो उत्पादन हुने

कोदो खेती लोप हुँदै,कास्की र स्याङजामा १८०४६ मेट्रिकटन कोदो उत्पादन हुने

हिमाली जिल्ला , ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ ।कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले शहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन, ग्रामिण क्षेत्रका वयस्कहरुका लागि समेत दुर्लभ जस्तै बन्दै गएको छ ।

कोदो फल्ने बारी थलिएको छ । पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । कोदो बाली लोप हुने अवस्थामा पुगेको छ ।पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेका हुन् । केहीले फाट्टफुट्ट रुपमा घरायसी प्रायोजनका लागि मात्र कोदोखेती गर्ने गरेको पाइन्छ । काम गर्ने जनशक्ति नहुनु, खेताला खोजेर काम लगाए पनि धानको जस्तो मूल्य कोदोले नपाउँदा कोदो हराउँदै जान थालेको कृषकको भनाइ छ ।कास्की जिल्ला तथा यस आसपासका स्याङ्जा, तनहुँ, लम्जुङ, गोरखा, पर्वत, बागलुङ, म्याग्दीमा समेत कोदोको उत्पादन घट्दै गएको छ ।

कोदोखेती कम हुन थालेसँगै यसका विभिन्न प्रजाति पनि लोप हुँदै गएका छन् ।दुधे काले, कुकुर काने, ठूलो कोदो, ज्याउदी खोले, देउराली काले, माझठाने, चुल्ठे, कालो डल्ले, सम्धी, सेतो झ्यापे, सिर्कुताने, हुम्ला डल्लेजस्ता प्रजातिका कोदो लोप हुँदै गएका छन् । पछिल्लो समय कोदो लगाउने ठाउँमा कृषकले घैया प्रजातिका साथै पाखे धान लगाउन थालेका छन् ।चिकित्सा विज्ञानले खाद्यान्नको रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिने चिकित्सकहरुको भनाइ छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरु पाइने चिकित्सकहरु बताउछन । तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ ।

म्याग्दीको २० हजार ४८२ हेक्टर क्षेत्रफल खेतीयोग्य जमीनमध्ये पाँच सय हेक्टरमा मात्र कोदो खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।यसैगरी स्याङजा र कास्कीमा कुल खेती योग्य जमिन १४१६९८ हेक्टर जमिन मध्ये जम्मा १६४०५हेक्टरमा मात्र कोदो खेती गरिन्छ भने जम्मा १८०४६ मेट्रिकटन कोदो उत्पादन हुने कृषि ज्ञानकेन्द्र स्याङजाका अधिकृत शालिकराम अधिकारीले समाचार पाटी. कमलाई बताउनुभयो यसैगरी कास्की र स्याङजामा बाह्रै महिना सिचाई हुने जमिन २२९०१ हेक्टर छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका