गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट थप २ जनाकाे मृत्यु – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट थप २ जनाकाे मृत्यु

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट थप २ जनाकाे मृत्यु

गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट थप २ जनाकाे मृत्यु

पाेखरा, १४ कार्तिक । गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमणबाट  मृत्यु भएकाे छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको १४ गते बिहान होम आईसोलेसनमा रहेकै क्रममा दुखद निधन भएको हाे।

उहाँमा  कार्तिक १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।  स्याङ्जा जिल्ला, वालिङ-५ का ७० बर्षीय महिलाको कार्तिक  १४ गते बिहान ८:३५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा दुखद निधन भएको हाे ।

COVID-19, Pneumonia, Megaloblastic Anemia, Post tuberculosis status लगायतका समस्या रहेको उहाँमा कार्तिक ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।  शबकाे ब्यबस्थापनको तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका