रोहितको जिन्दगी खास बनाउने सुपुष्पा – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

रोहितको जिन्दगी खास बनाउने सुपुष्पा

काठमाडौँ, २८ जेठ ।  गायक कर्णराज गिरी र गायिका अन्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘जिन्दगी खास भयो’ सार्वजनिक भएको छ । सार्वजनिक ‘जिन्दगी खास भयो’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्  भने गीतको शब्द रचना  मुक्त उदासले गरेका छन्।

शान थापा निर्दे्शित भिडियोमा रोहित थापा र सुपुष्पा भट्ट फिचर छन् । भिडियोमा उनीहरुको प्रेमभावलाई देखाइएको छ । रजिव समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । रोहित थापाले नै निर्माण गरेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन् भने सम्पादनको जिम्मा सुप्रिम पराजुलीले लिएका हुन् । हेर्नुहोस् गीत

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित