सुनसरीमा गोली लोड गरेको पेस्तोलसहित एक युवा पक्राउ – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • सुनसरीमा गोली लोड गरेको पेस्तोलसहित एक युवा पक्राउ

सुनसरीमा गोली लोड गरेको पेस्तोलसहित एक युवा पक्राउ

सुनसरीमा गोली लोड गरेको पेस्तोलसहित एक युवा पक्राउ

सुनसरी, १४ कार्तिक । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ७ बाट हतियारसहित एक युवा पक्राउ परेका छन्। युवको साथबाट गोली लोड गरेको अवस्थामा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ।

स्थानीय २३ वर्षीय टुमासिंह यादवलाई हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सुराकीका आधारमा घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा पेस्तोल फेला पारेपछि यादवलाई पक्राउ गरिएको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभएकाे छ।

यादवले विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिँदै आएको आरोप छ। स्थानीयको सूचनाका आधारमा प्रहरीले यादवको घरमा खानतलासी गरेको थियो।

यादवको साथमा हतियारसमेत रहेको भन्ने सूचना अनुरूप खोजतलासका क्रममा शौचालयको सेफ्टी ट्याङ्की छेउमा प्लाष्टिकको झोलामा लुकाइराखेको अवस्थामा ‘मेड इन इण्डिया’ लेखेको पेस्तोल फेला परेको प्रहरी उपरीक्षक थापाले बताउनुभयाे।

पेस्तोलमा लोड गरिएको म्याग्जीन र दुई राउण्ड गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ। हतियारसहित पक्राउ परेका यादवविरुद्ध हातहतियार खरखजानासम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका