पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सबै सेवा आजदेखि सञ्चालनमा – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सबै सेवा आजदेखि सञ्चालनमा

पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सबै सेवा आजदेखि सञ्चालनमा

पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सबै सेवा आजदेखि सञ्चालनमा

पोखरा, १३ कार्तिक । पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्ने सेवा आजदेखि सञ्चालनमा आउने भएको छ । महानगर कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि गत असोज २९ गतेदेखि बन्द रहेकाे पोखरा महानगरपालिकाले प्रधान गर्ने सेवा कात्तिक १३ गते (आज)देखि सञ्चालनमा आउने पोखरा महानगर प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जानकारी दिनुभएकाे छ ।

कर्मचारीमा सङ्क्रमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न पोखरा महानगरपालिका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका अन्य सेवा स्थगन गरिएको थियो ।

महानगरमा गठित कोरोना सङ्क्रमण रोकथाम मूल समितिको हिजोको बैठकले आवश्यक स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्ने गरी महानगरपालिकाबाट प्रदान गरिने सबै सेवा नियमित गर्ने निर्णय गरेको पोखरा महानगरले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका