नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८८७ पुग्याे – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८८७ पुग्याे

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८८७ पुग्याे

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ८८७ पुग्याे

काठमाडौं, १२ कार्तिक । नेपालमा बुधबार कोरोना संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप १९५४ जना कोरोनाका बिरामी थपिएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थपिएका कोरोना संक्रमित सहित देशभर कोरोना संक्रमितकाे संख्या १ लाख ६२ हजार ३५४ पुगेकाे छ ।

बुधबार आएको ८२४८जनाको पीसीआरको नतिजामा ति संक्रमित फेला परेका हुन् । त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप २९८१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख २१ हजार ८२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज कोरोना संक्रमणबाट देशभर थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ८८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका