निर्देशक कृष्ण परियारको निर्देशनमा लोकदोहोरी गीत 'जोगी' सार्बजनिक – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

निर्देशक कृष्ण परियारको निर्देशनमा लोकदोहोरी गीत ‘जोगी’ सार्बजनिक

काठमाडौँ, २८ जेठ । छोटो समयमा आफ्नु पहिचान बनाउन सफल निर्देशक कृष्ण परियार को निर्देशनमा लोकदोहोरी गीत ‘जोगी’ सार्बजनिक भएको छ । करिब ४ दर्जन भन्दा बढी भिडियोको निर्देशन गरिसकेका निर्देशक परियारको निर्देशनमा प्रतिमा परियार  (सोनी)  को पहिलो लोकदोहोरी गीत ‘जोगी’ सार्बजनिक भएको हो ।

गायक यज्ञ ओली र गायिका सरिता थापा आबाजमा रहेको उक्त गीतको शब्द प्रतिमा परियार सोनीले लेखेकी हुन् । गीतको लय गायक स्योयम यज्ञ ओलीले नै गरेका छन् । पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्म्सले बजार ब्यबस्थापन गरेको म्युजिक भिडियोको छायांकन अनिल जिसीले गरेका हुन् ।

भिडीयोमा मोडल धनीराम चौधरी, निशा शाही र लक्ष्मी तामाङको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित