पाेखरा, ११ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७९० पुगेको छ । गण्डकी प्रदेशमा लाईफ केयर डाईग्नोस्टिक एण्ड रिसर्च प्रा.लि. र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ५६ जना संक्रमित र क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा २२ जना गरी ७८ जना काेराेना संक्रमितहरु थपिएका छन् ।
गण्डकी प्रदेशमा थपिने ५६ जना काेराेना संक्रमित मध्ये स्याङजाकाे एक जना, नवलपरासीकाे ५५ जना रहेका छन् भने गण्डकी प्रदेशमा थपिने २२ जना संक्रमित मध्ये म्यग्दिका ४ जना, स्याङजाकाे २ जना, बाग्लुङका ५ जना, तनहुँका २ जना, कास्कीका ९ जना रहेका छन् ।
सबै संक्रमित contact tracing बाट पहिचान भएका हुन । संक्रमित सबैलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।