तीन हप्तादेखि हुम्लाको दक्षिणी भेगमा टेलिफोन सेवा अवरुद्ध – Samacharpati
Samacharpati
शुक्रबार, मंसिर १२, २०७७
  • होमपेज
  • तीन हप्तादेखि हुम्लाको दक्षिणी भेगमा टेलिफोन सेवा अवरुद्ध

तीन हप्तादेखि हुम्लाको दक्षिणी भेगमा टेलिफोन सेवा अवरुद्ध

तीन हप्तादेखि हुम्लाको दक्षिणी भेगमा टेलिफोन सेवा अवरुद्ध

कर्णबहादुर रोकाया, हुम्ला, ११ कार्तिक । हुम्लाका दुई गाउँपालिका ताजाकोट र अदानचुलीमा तीन हप्तादेखि नेपाल टेलिकमको मोवाइल टावरमा समस्या आउँदा सञ्चार सम्पर्क गर्न समस्या देखिएको छ ।

हाल भिंई, सोरुकोट, चिही, श्रीनगर र बारीगाउँमा रहेका टावरहरुमा समस्या आउँदा यहाँका स्थानीयहरु सञ्चार सेवाबाट वन्चित भएको जानकारी अदानचुली गापा श्रीनगरका मानबहादुर थापाले जानकारी दिनुभएकाे छ ।

असोज २० गतेबाट यी मोवाइल टावरमा समस्या आएको भए पनि हालसम्म टेलिकम हुम्लाले माथिल्लो तहमा जानकारी गराउनुको सट्टा दशैंमा विदा लिएर जिम्मेवार कर्मचारी घरतिर लाग्दा यस्तो समस्या देखिएको टेलिकम हुम्ला स्रोतले बताएको छ ।

यसका हुम्लाको चंखेली र सर्केगाडमा पनि सञ्चार सेवा अवरुद्ध हुँदा दशैंका समयमा आफन्त र टाढा बसेका घरपरिवारका सदस्यसँग शुभकामना र भलाकुसारी गर्न समस्या भएको चंखेली १ का स्थानीय जसे बुढाले दुखेसो गर्नुभएकाे छ।

गाउँका विभिन्न स्थानहरुमा रहेका विटीएमा यस्तो पटक पटक समस्या आउनुको कारण नेपाल टेलिकमले प्रयोग गरेको मिसमास प्रविधिका कारण यस्तो भएकाले नाम नबताउने शर्तमा टेलिकम स्रोतले बताएको छ । के गर्नु हजुर कतै फोरजी छ त रु कतै बल्ला टुजी पनि चल्न गाह्रो छ ।

स्थानीय जनप्रनिधिहरु भने आफुहरु सम्बन्धीत निकायको माथिल्लो तहसम्म पटक पटक मर्मत सम्भारका भेट गर्न गए पनि हुन्छ मात्र भन्ने र सुनुवाई नभएका कारण यस्तो समस्या देखिएको आरोप रहेको छ ।

जे भए पनि सबै मिलेर गाउँ गाउँमा सञ्चालित टेलिफोन सेवा छिटोभन्दा छिटो सुचारु हुनु पर्ने स्थानीयहरुको माग रहेको छ तापनि दशैँको समयमा टेलिकमले धोका दिएको छ । यसबाट हुम्लाको दक्षिण भेगको हजारौं हुम्लीहरु सञ्चार बिहीन बन्न पुगेका छन् ।

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका