आज विजयादशमी टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आज विजयादशमी टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा

आज विजयादशमी टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा

विजयादशमी साथै आज अन्तरलिङ्गी जनचेतना दिवस

आज विजयादशमी टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा

काठमान्डाैँ, १० कार्तिक । नौ दिनसम्म पूजाअर्चना गरेको जमरा अनि दहि, रातो अविर, केरा र चामलसहितको समिश्रणबाट तयार पारीएको रातो बाक्लो अक्षताले निधार भरीने टिका नै विजयादशमीको महत्वपूर्ण सकल परिवार एकै ठाँउमा बसेर, घरको मूलखाँबो पूजा गरेर उमेरक्रमानुसार ठूला अनि क्रमशः सानाहरुले टीका, जमरा र आर्शिवाद थाप्ने चलन छ ।

उमेर पुगेका पाकाहरु साईतको टिका लगाउन आफूभन्दा ठूला मान्यजनकोमा जाने र नभएमा आफ्नै जीवनसाथी, जीवनसंगीनी या दाजूभाईकोमा जाने गर्दछन् ।

यो पावन पर्व हिन्दू धर्ममा मात्र सिमित नभएर एउटा सनातनी पर्व हो । यसलाइ बाैद्ध धर्मावलम्विहरूले समेत हर्ष र उल्लासका साथ मनाउने गरेका छन् । फरक केवल यत्ति छः हिन्दूहरू रातो टिका लगाएर नव दूर्गा भगवतीको पूजा अर्चना गर्ने गर्छन् भने बाैद्ध अनूयायीहरू सेतो टिका लगाएर प्रज्ञाको पूजा गर्ने गर्दछन् ।

वैदिक सनातन धर्मानूयायीहरूले दशैंको आर्शिवादलाई पौराणीक पात्रहरु र तिनको महारथसँग जोडेका छन् । आज दशमी तिथी अर्थात् विजयादशमीको दशाैं दिन अनि यसै दिनमा पर्ने यो दिन दशमी र दशहराबाट आएको शब्द हो । दशहराको अर्थ हो दशानन रावणको पराजय (दशानन अर्थात् दश = दस + आनन = मुख) । आजैको दिन दुर्गा भवानीले महिषाशुर नामक अशुरको वध गरेको भनेर पनि उल्लेख गरिएको छ । यी टिका, जमरा अनि रमाइलोको माहोल दैत्यहरुमाथी देवताहरुको विजय, असत्यमाथी सत्यको विजय अनि अमानविय तत्वमाथी मानवताको विजयका रुपमा लिइन्छ ।

त्यसैले आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

यसो गर्दा टीका लगाइदिने व्यक्तिको दायाँतर्फ चन्द्रमा पर्छ भने टीका लगाइमाग्ने व्यक्तिको सम्मुख पर्छ । यसरी बसेर टीका लगाउँदा शुभ हुने धार्मिक विश्वास छ ।

आज टीकाको उत्तम साइत १० बजेर १९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

टिका लगाउँदा महिला र पुरुषलाई भिन्न भिन्न आर्शीवाद दिने गरिन्छ जसको मन्त्रोच्चारण शब्द अनि अर्थ यहाँ प्रस्तुत गर्न जाँदैछौ । वैदिक सनातन धर्मका मन्त्रहरु नेपालीमा या अन्य भाषमा त्यती छैनन । अनेक देवी देवतालाइ पूकार गर्दा संस्कृत भाषामैं भएका अनेक अर्थयूक्त मन्त्रहरु उच्चारण गर्ने गरिन्छ । आज नेपालका घरघरमा रातो टिका, जमरा अनि यी मन्त्रहरु शब्दोचारीत हुनेगर्दछन्ः

पुरुषलाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


आयू द्रोण सुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।

महिलालाई टिका लगाइदिंदा भन्ने आशिर्बाद


जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

आज अन्तरलिङ्गी जनचेतना दिवस
वर्षेनी अक्टोबर २६ तारिखमा अन्तरलिङ्गी जनचेतना दिवस मनाइने गरिन्छ । सन् १९९६ मा अमेरिकामा अन्तरलिङ्गी समुदायले गरेको पहिलो सार्वजनिक पर्दशनको संझनास्वरुप यस दिवसलाई मनाउन शुरु गरिएको हो । विश्वमा अझै पनि लैगिंक आधारमा भेदभाव गरिने चलन कायम छ, फलस्वरुप अन्तरलिङ्गी समुदायहरुका मान्छेहरुले आफ्नो परिचय अनि समानताको पैरवी गर्ने आजको दिनलाई विश्वभरि निकै गहनताका साथ मनाइने चलन छ । संयुक्त राष्ट्र संघको परिभाषा अनुसार पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषताहरू (यौनाङ्ग, प्रजनन ग्रन्थी तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अनतरलिङ्गी व्यक्तिहरू भनिन्छ । परम्परागत मान्यतामा दुई थरी लिङ्ग बाहेकका विविध यौन विशेषता हुने व्यक्तिहरू अनतरलिङ्गी व्यक्तिहरू हुन् ।

हाल सम्म ४० भन्दा बढी प्रकारका अन्तरलिङ्गी विविधताहरू पहिचान भएका छन् जसका केही उदाहरणहरू दुबै यौनाङ्ग हुनु, अस्पष्ट यौनाङ्ग हुनु, आन्तरिक प्रजनन अङ्गमा पाठेघर र बाह्य यौनाङ्ग शिश्न हुनु, बाह्य यौनाङ्ग योनी र आन्तरिक अण्डकोष हुनु, लगायतका छन् । अन्तरलिङ्गी हुनु एउटा जैविक यौन विशेषता हो । अन्तरलिङ्गी व्यक्तिहरूको लैङ्गिक पहिचान पुरुष, महिला वा त्यस बाहेक अरु पनि हुन सक्छ । अन्तरलिङ्गी व्यक्तिहरू विषमयौनिक (स्ट्रेट), समयौनिक (गे/लेजबियन), द्वियौनिक (बाइसेक्सुअल) लगायत विविध यौन अभिमुखिकरणका हुन सक्छन् । अन्तरलिङ्गी यौन विशेषताहरू कुनै प्रकारको विकार, विकृति वा रोग होइन, यो सामान्य र प्राकृतिक जैविक विविधता हो । अन्तरलिङ्गी व्यक्तिहरूले लैङ्गिकताको हिसाबमा आफ्नो स्वःअनुभूती अनुसार पुरुष, महिला वा त्यस बाहेक भनेर चिनाउन सक्छन् । सबै अन्तरलिङ्गी व्यक्तिहरू एकै नाश हुँदैनन् वा अन्तरलिङ्गी व्यक्तिहरू यस्तै हुन्छन् यस्तै देखिन्छन् भनेर अड्कलबाजी गर्नु मिल्दैन ।

source:hamropatro

 

 

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका