आज बडादशैँकाे महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन साथै संयुक्त राष्ट्र संघ दिवस – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • आज बडादशैँकाे महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन साथै संयुक्त राष्ट्र संघ दिवस

आज बडादशैँकाे महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन साथै संयुक्त राष्ट्र संघ दिवस

आज बडादशैँकाे महाअष्टमी अर्थात नवरात्रिको आठौं दिन साथै संयुक्त राष्ट्र संघ दिवस

काठमान्डाैँ, ८ कार्तिक । आज महा-अष्टमी अर्थात नवरात्रिको आठौं दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रुपहरु शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाअर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौं स्वरुप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान गर्ने गरिन्छ ।

गणेशको रुपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा साना साना ढुङ्गाहरुलाई नवदेवीका प्रतिमाका रुपमा स्थापित नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

घटस्थापनाको दिन वैद्धिक परम्परा अनुसार स्थापना गरिएको कलश र जमरा राखिएको ठाँउमा आज विधिपूर्वक पूजा अर्चना गरिन्छ । आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ । नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ ।

आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्दछिन् । त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन् ।

शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ । यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन् ।

संयुक्त राष्ट्र संघ दिवस

जब दोश्रो बिश्वयूद्धको समापन भएर बिश्वले शान्तिको खोजी गर्न थाल्यो, जब जापानको हिरोशीमा, नागाशाकी लगायत अमेरिकाको पर्ल हार्बर लाश अनि बारुदको अवशेषसँग लतपतिएको थियो । बिश्व यूद्धले थोकेर मानवता स्वयम हताशमा भएका बेला दिर्घकालिन शान्तिका लागि संयूक्त राष्ट्र संघको स्थापना गरिएको हो ।

यो एउटा अन्र्तराष्ट्रिय सँस्था हो जस्ले सम्पूर्ण सदस्य राष्ट्रहरुविच समन्वय र सहयोग कायम राख्दछ । दोश्रो विश्व यूद्धको समापन अघि यस्ता कार्यहरु लिग अफ नेशनले गर्नेगरेकोमा लिग अफ नेशनलाई प्रतिस्थापित गर्दे अझै भरपर्दो ढङ्गले विश्व समन्वय र शान्ति स्थापनाकालागी अनि पहिला र दोश्रा विश्व यूद्धजस्ता आततायी यूद्धहरु पूनः हुन नदिनका लागी संयूक्त राष्ट्रसँघको स्थापना गरिएको हो ।

संयूक्त राष्ट्रसँघको अन्तर्गत विभिन्न लक्षीत क्षेत्र र विषयमा कार्यगर्नकालागी विशिष्ट सँस्थाहरु छन् जस्तै खाधान्न र कृषीका लागी विश्व खाधान्न तथा कृषी सँस्था, अन्तराष्ट्रिय आणवीक उर्जा सँस्था, वालवालिका र महिलाकालागी यूनिसेफ आदि र यि सँस्थाहरुका आआफ्ना कार्यगत क्षेत्रमा कार्यसञ्चालनका आ आफ्नै तठस्त र मानवीय आधारहरु हुन्छन् ।

अग्रेजीमा यूनाइटेड नेशन्स भनिने भएकाले छोटकरीमा यूएन भनेर पनि हामीले बुझ्दछौं । संयूक्त राष्ट्रसँघ हामी सबैले देखिआएका, सुनिआएका र पढीआएका सस्थाँ हो, यूद्धग्रस्त क्षेत्र देखि प्राकृतीक प्रकोपले गस्त क्षेत्रहरुसम्म सहयोगका हातहरु, ओखती, सफा खाना, पानी, कपडा आदिका साथ यो सस्थाँ पुग्ने गर्दछ ।

नेपालमा पनि हामीहरु धेरैजसोले विभिन्न प्रकारका निला झण्डाहरु अकिंत अनि निलो नम्वर प्लेटका सवारी साधनहरु देखिआएका छौ । संयूक्त राष्ट्रसँघले आफ्ना सदस्य राष्ट्रहरुमा विश्व शान्ति तथा सदभावको वकालत अनि आधारभुत मानव अधिकारको प्रत्याभुती प्रवर्धन गर्ने, सामाजिक र आर्थिक विकासको सहयोग गर्ने अनि संसारभरि कुनै अकाल, प्राकृतीक प्रकोप र हिंसाभएमा शान्तिको पूर्नस्थापना अनि पिडीतहरुलाई सहयोग गर्ने कार्य गर्दछ ।

सन् १९४८ देखि हरेक वर्षको अक्टोबर २४ तारिखमा संयूक्त राष्ट्रसँघ दिवस मनाईन्छ, सन १९७१ को संयूक्त राष्ट्रसँघको महासभाले यस एतिहासीक दिनमा सम्पूर्ण सदस्य राष्ट्रहरुमा सार्वजनिक विदा दिइनुपर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । आजका दिनमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेर संसारभरि संयूक्त राष्ट्रसँघको गठन, कार्य र ध्येयका वारेमा जानकारी गराईन्छ ।

हरेक वर्षको २० देखि २६ अक्टोबरसम्म संयूक्त राष्ट्रसँघ सप्ताह मनाईनेमा अक्टोबर २४ लाई विशेष चाख र उत्साहका साथ संयूक्त राष्ट्र सँघ दिवसका रुपमा मनाईन्छ । पहिलो र दोश्रो विश्व यूद्धले थिलथिलो भइसकेको विश्व मानचित्र र यूद्धका पिडाहरुमा विश्व शान्ति र सदभाव कायमगर्ने मध्यस्ततागर्नका लागी पुरानो लिग अफ नेशन्सले भुमीका खेलेको थियो ।

दोश्रो विश्व यूद्धको विध्वशं र विनाशले अमेरिका , वेलायत, शोभीयत यूनियनलाई संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षरगर्न जरुरी वनाएकोमा जर्मन, ईटाली, जापान र अन्य केही यूद्धरत राष्ट्रहरुवाहेक २६ वटा राष्ट्रहरुले सन १९४२ को जनवरी महिनामा संयूक्त राष्ट्र घोषणापत्रमा हस्ताक्षर गरेका हुन् ।

सन १९४५ मा यसै घोषणापत्रमा थप रुपरेखा तैयार गर्न सान फ्रान्सिस्को अमेरिकामा ५० भन्दा वढी देशका प्रतिनीधीहरुले अक्टोबर २४ का दिन भेला भएकामा अक्टोबर २४लाई हरेक वर्ष संयूक्त राष्ट्रसँघ दिवसका रुपमा लिईन्छ । संयूक्त राष्ट्र घोषणापत्रलाई अमेरिका, वेलायत, चीन, फ्रान्स लगायतका देशहरुले पनि पुष्टी र सहमती जनाएका हुन् ।

source:hamropatro

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका