भारत सरकारले नेपालमा आवास पुनर्निमाणका लागि १ अर्ब ६० करोडको चेक हस्तान्तरण – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

भारत सरकारले नेपालमा आवास पुनर्निमाणका लागि १ अर्ब ६० करोडको चेक हस्तान्तरण

पोखरा, २८ जेठ । नेपालका सम्माननीय अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत महामहिम श्री मन्जीव सिंह पुरीले सोमबार सचिव डा. राजन खनाललाई १ अर्ब ६० करोडको चेक हस्तान्तरण गर्नुभयो । भारत सरकारले आवास पुनर्निमाणका लागि नुवाकोट र गोरखा जिल्लाका ५०,००० लाभग्राहीहरुलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हाल सम्म भारतले नेपाललाई ४ अर्ब ५० करोड प्रदान गरिसकेको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनर्निमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीहरुलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ ।

उक्त कार्यक्रममा नेपाल सरकारले भूकम्प पश्चातको पुनर्निमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना व्यक्त गर्यो । सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनर्निमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

मोतीसागर अधिकारी

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित