फेदीखोला गाउँपालिका जनप्रतिनिधिद्धारा दशैं पेश्की रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • फेदीखोला गाउँपालिका जनप्रतिनिधिद्धारा दशैं पेश्की रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा

फेदीखोला गाउँपालिका जनप्रतिनिधिद्धारा दशैं पेश्की रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा

फेदीखोला गाउँपालिका जनप्रतिनिधिद्धारा दशैं पेश्की रकम प्रकोप व्यवस्थापन कोषमा जम्मा
photo source:himalay jung baniya

स्याङजा, ७ कार्तिक । गण्डकी प्रदेशकाे  स्याङजा जिल्ला फेदीखोला गाउँपालिकाले दशैंमा जनप्रतिनिधिलाई आएकाे दशैं पेश्की खर्च रकम गाउँपालिकाले सञ्चालनमा ल्याएकाे प्रकोप व्यवस्थापन कोषमा जम्मा गरको छ।

काेराेना भाइरसकाे वर्तमान अवस्थालाई मध्यनजर गर्दै फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिहरूले चाँडपर्व खर्च रकम (४,९८,०००) प्रकोप व्यवस्थापन कोष मा जम्मा गर्नुभएकाे छ ।

विभिन्न समयमा रचनात्मक काम मार्फत् चर्चामा आईरहकाे फेदीखोला गाउँपालिकाले दशैंको शुभ अवसरमा फेरि एउटा राम्रो काम सहित सम्पूर्ण जनताका बीच मा आफ्नो लोकप्रियता कायम गरेको छ।

(covid 19)काेराेनाले सारा विश्व नै आक्रान्त भइरहेको अवस्थामा भारत, विदेशी मुलुक तथा काेराेनाकाे उच्च जाेखिम स्थानबाट फेदीखोला गाउँपालिका आउने नागरिकलाई क्वारेन्टिन व्यवस्थापन , पिसिआर टेस्ट तथा संक्रमित व्यक्तिलाई गाउँपालिकाले आफ्नै लगानीमा निर्माण गरेकाे आइसाेलेसनमा राखि नि:शुल्क उपचार गराउँदै आइरहेकाे थियाे ।

फेदीखोला गाउँपालिकाले (covid 19) व्यवस्थापन तथा राेकथामकालागि क्वारेन्टिन व्यवस्थापन , पिसिआर टेस्ट  संक्रमित व्यक्तिलाई नि:शुल्क उपचार गर्ने व्यवस्थालाई निरन्तरता दिने जनाएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका