गण्डकी प्रदेशमा फेरी थपिए १३ जना काेराेना संक्रमित – Samacharpati
Samacharpati
सोमवार, मंसिर १५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा फेरी थपिए १३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १३ जना काेराेना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १३ जना काेराेना संक्रमित

पाेखरा, ६ कार्तिक । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६२६७ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा नयाँ १३ जना काेराेना संक्रमितहरु थपिएका छन् ।

गण्डकी प्रदेशमा थपिने काेराेना संक्रमित म्याग्दिका ५ जना, कास्कीका ६ जना, बाग्लुङका २ जना गरी १३ जना रहेका छन् । म्याग्दी जिल्ला, बेनी नगरपालिकाका २ जना महिला जिल्ला अस्पताल, बेनीमा कार्यरत स्टाफनर्स हुनुहुन्छ भने, मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि गाउँपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ ।

कास्की जिल्ला, पोखरा महानगरपालिकाका ७० बर्षीय पुरुष मणिपाल अस्पताल, पोखरामा कार्यरत चिकित्सक हुनुहुन्छ भने ५ जना महिला ग्रीन पास्चर अस्पताल, पोखरामा कार्यरत १ जना चिकित्सक, २ जना स्टाफनर्श र २ जना उपचाररत बिरामीहरु हुनुहुन्छ । अन्य सबैजना contact tracing बाट पहिचान हुनुभएको हो । सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको  छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका